कमजोर रेटिङ्ग पाएको युनियन हाइड्रोपावरको आईपिओ साउन १४ देखि खुल्ने

Jul 20, 2018 Merolagani

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १४ गतेदेखि साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले लमजुङ्गका मध्यनेपाल, वेसिशहर र सुन्दरबजार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासीका लागि आईपिओ निष्कासन गर्न लागेको हो

युनियनको आर्इपिओमा साउन १४ गते देखि छिटोमा साउन २८ र ढिलोमा भदौ १२ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

उक्त आइपिओमा न्युनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । स्थानीयले विभिन्न बैंक तथा वित्तीय संस्थाका १३ शाखा कार्यालय मार्फत बाट आवेदन गर्न सक्नेछन् ।

कम्पनीले लमजुङ जिल्लाको करापुटार गाविसमा ३.३ मेगावाटको मिदिम खोला आयोजना निर्माण गरि संचालनमा ल्याएको छ । कम्पनीले २३ मेगावाट क्षमताको मेवा खोला आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र समेत पाएको छ ।

आयोजनाको लागत बढेर ७९ करोड ५० लाख ७७ हजार रुपैयाँ पुगेको छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ छ । ईक्रा नेपालले कम्पनीको आइपिओलाई ग्रेड पाँच रेटिड. दिएको छ । कम्पनीको बित्तीय अबस्था कमजोर भएकाले लामो समयसम्म यसका लगानीकर्ता शेयरधनीले लाभांश नपाउने अबस्था छ ।

स्थानीयलाई आर्इपिओ जारी गरीसकेपछि सर्वसाधारणलाई २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार कित्ता आईपिओ निष्कासन हुने कम्पनीले जनाएकोे छ । कम्पनीले पहिलो चरणमा स्थानीयलाई १० प्रतिशत सेयर जारी गरेर बाँडफाँड पश्चात सर्वसाधारणमा आईपिओ जारी गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।