विद्युतीय चेक क्लियरिङ्गमा के मा कति शुल्क तिर्नुपर्छ ?

Jul 22, 2018 Merolagani

नेपाल क्लियरिङ्ग हाउसले विद्युतीय चेक क्लियरिङ्गमा लाग्ने प्रकाशित  गरेको छ । कम्पनीले विद्युतीय चेक क्लियरिङ्ग प्रणाली, अन्तर बैंक विद्युतिय भुक्तानी प्रणाली तथा कनेक्ट आइपिएस ई–पेमेन्टमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको लागि कारोबार गर्दा लाग्ने शुल्क निर्धारण गरेको हो ।

नेपाल क्लियरिङ्ग हाउसले विद्युतीय चेक क्लियरिङ्ग प्रणाली अन्र्तगत कारोबार रकमको आधारमा शुुल्क बुझाउनु पर्ने हुन्छ । विद्युतीय चेक प्रणालीमा रेगुलर चेक क्लियरिङ्ग कारोबार गर्दा पाँच सय रुपैयाँ सम्मको कारोबार गर्दा शुल्क लाग्ने छैन् ।

पाँच सय भन्दा धेरै रकमको कारोबार गर्दा पाँच रुपैयाँ देखि ३० रुपैयाँ सम्म भुक्तानी गर्नु पर्ने हुन्छ । रेगुलर चेक क्लियरिङ्ग विदेशी मुद्राको कारोबारमा ३० रुपैयाँ तिर्नु पर्ने क्लियरिङ्ग हाउसले जनाएको छ । एक्सप्रेस चेक र हाइभ्यालु चेक क्लियरिङ्ग बापत बारोबार गर्दा एक सय रुपैयाँ सम्म बुझाउनु पर्नेछ ।

अन्तरबैंक विद्युतय भुक्तानी अन्र्तगत नेपाली मुद्रा कारोबार गर्दा कारोबार रकमको आधारमा दुई रुपैयाँ देखि १५ रुपैयाँ र विदेशी मुद्राको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्ने भएको हो । साथै डिभिडेन्ट भुक्तानी गर्दा एक सय रुपैयाँको कारोबारमा कुनै शुल्क नलाग्ने क्लियरिङ्ग हाउसले जनाएकोे छ ।

त्यसैगरी, कनेक्ट आपिएस ई पेमेन्ट प्रणालीमा पाँच सय देखि पाचँ हजार भन्दा माथिको कारोबार रकममा दुई रुपैयाँ देखि १५ रुपैयाँ सम्म तिर्नु पर्ने व्यवस्था गरेको छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।