लक्ष्मी बैंकले एकै पटक विस्तार गर्यो पाँच शाखा

Jul 24, 2018 Merolagani

लक्ष्मी बैंक (LBL) ले एकै पटक पाँच वटा शाखा विस्तार गरेको छ बैंकले सोलुखुम्बु, ताप्लेजुङ्ग, सुर्खेत र रुकुममा शाखा विस्तार गरेको हो । योसँगै बैंकको सेवा ४६ जिल्लामा विस्तार भएको छ ।

बैंकका अनुसार सोलुखुम्बुको दुधकौसिका, ताप्लेजुङ्गको सब्लाखु र थेचम्बु गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटेमा ५ वटा शाखाहरु विस्तार गरेको हो ।

नयाँ शाखा विस्तारसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ९४ पुगेको छ । ३ वटा हस्पिटल सेवा काउन्टर, १०४ वटा ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ वटा शाखा रहित बैंकिङ्ग तथा ४०० भन्दा बढी मोबाईल एजेन्टहरु मार्फत बैंकले सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।