हकप्रद माथि हकप्रद बेचिरहेको आरएसडिसीको यस्तो छ प्रगति

Aug 01, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन केही समय अगाडि दुई सय प्रतिशत र हाल ६० प्रतिशत हकप्रद बिक्री गरिरहेको आरएसडिसी (RSDC) ले खुद नाफा झण्डै दोब्बर बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । उच्च पूँजी वृद्धिले लघुवित्तको प्रतिसेयर आम्दानी भने २ रूपैयाँ ६८ पैसाले घटेको छ ।

अघिल्लो आर्थिक बर्षमा एक करोड ७१ लाख खुद नाफा कमाएको आरएसडिसीले दुई करोड ६ लाखले नाफा बढाउँदा गत आर्थिक बर्षमा खुद नाफा ३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा १२ करोड ९९ लाखको चुक्ता पूँजीलाई २३ करोडले बढोत्तरी गरेर ३५ करोड ९९ लाख पुर्याएको छ । उच्च पूँजी वृद्धिको असर लघुवित्तको प्रतिसेयर आम्दानीमा देखा परेको छ । अघिल्लो बर्षको यसै अवधिमा १३ रुपैयाँ १६ पैसा बार्षिक प्रतिसेयर आम्दानी रहेको लघुवित्तको १० रुपैयाँ ४८ पैसामा झरेको हो ।

लघुवित्तले जगेडा कोषमा पनि आकर्षक बनाएकाे छ । यस अवधिमा ९५ लाख रुपैयाँ रहेको जगेडा कोष १३ करोड १३ लाख पगेको छ । जुन १२ करोड १७ लाख बढी हो ।

लघुवित्तले एक अर्ब १८ करोड ९६ लाख सापटी लिएर एक अर्ब ५० करोड ९२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनीले १७ करोड ७९ लाख ब्याज आम्दानी गरेर १० करोड ७६ लाख ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ७ करोड २ लाख गरेको छ ।

लघुवित्तले खर्च प्रणाली चुस्त बनाउँदा अघिल्लो आवको यसै अवधिको तुलनामा गत आवमा शतप्रतिशत बढाएर पाँच करोड ८९ लाख सञ्चालन नाफा कमाउन सकेको छ । अघिल्लो आवमा लघुवित्तको सञ्चालन नाफा दुई करोड ६८ लाख रहेको थियो ।

लघुवित्तको खराब कर्जा ०.०३ प्रतिशत, निक्षेप लागत ११.५९ प्रतिशत, पूँजी कोष अनुपात ३५.२५ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात ५२.९५ गुणा रहेको छ ।

यहि साउन २० गतेसम्म ६० प्रतिशत हकप्रद जारी गरिरहेकाे लघुवित्तकाे यस हकप्रपछि ५७ कराेड ६० लाख रूपैयाँ चुक्ता पूँजी पुग्नेछ । राष्ट्र बैंकले थाेक कर्जा प्रवाह गर्ने लघुवित्तलार्इ न्यूनतम ६० कराेड पूँजी कायम गर्न  निदेर्शन दिएकाे छ । यसअनुसार चुक्ता पूँजी पुर्याउन लघुवित्तलार्इ थप २ कराेड ४० लाख पूँजी विस्तार अावश्यक देखिन्छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।