चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको उक्त माईक्रोफाईनान्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसा मात्र रहेको छ । गत आर्थिक बर्षमा कम्पनीले २२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबिकी उसले अघिल्लो बर्ष माईक्रोफाइनान्सले ३६ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
आईपिओबाट एक करोड ८० लाख चुक्ता पूँजी बढाएको कम्पनीको खुद नाफा ब्याज खर्चमा, कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा बढोत्तरी हुँदा खुद नाफा ३८.२७ प्रतिशतले खस्किएको हो । लघुवित्तकाे जगेडा काेषमा ३१ लाख ९५ हजार मात्र सञ्चित रहेकाे छ ।
आर्थिक बर्ष २०७४/७५ मा माईक्रोफाइनान्सले ३० करोड ९७ लाख रुपैयाँ सापटी तथा ७ करोड तीन लाख निक्षेप संकलन गरेर ३९ करोड ७९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
गत आबको असार मसान्तसम्म माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी दुई करोड ५५ लाख १६ हजार रुपैयाँ रहेको छ । अघिल्लो बर्ष दुई करोड २६ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
माईक्रोफाइनान्समा निष्कृय कर्जा अनुपात बढेर १.७९ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ २८ पैसा रहेको छ ।