नेरुडे लघुवित्तको अधिकांश सूचक घट्यो, खुद नाफामा ४० प्रतिशत ह्रास

Aug 12, 2018 Merolagani

लघुवित्त कम्पनीमा आफुलाई अब्बल रुपमा स्थापित गर्दै आएको नेरुडे लघुवित्त (NLBBL) पनि खुद नाफा बढाउन नसक्ने कम्पनीमा सामेल भएको छ । अघिल्लो आर्थिक बर्षमा ९ करोड ४६ लाख खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा आर्थिक बर्ष २०७४।७५मा ३ करोड ८२ लाख घटेर पाँच करोड ६४ लाखमा खुम्चिएको छ ।

खुद नाफा ४० प्रतिशतले घटेपछि लघुवित्तको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ९४ पैसाबाट १६ रुपैयाँ ३२ पैसामा सीमित भएको छ ।

तीन करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी बढाएर ३४ करोड ५७ लाख कायम गरेको लघुवित्तले जगेडा कोष पाँच करोड ७० लाख घटेर ३३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा विस्तार र सापटी रकम बढेको छ भने जगेडा कोष, खुद ब्याज आम्दानी, नाफा, इपिएस, प्रतिसेयर नेटवर्थ, पूँजी कोष अनुपात, कर्मचारी बोनस, कर व्यवस्था र नोक्सानी व्यवस्था लगायत घटेको वित्तीय विवरणमा देखिन्छ ।

लघुवित्तले नाफा घट्नुमा वाणिज्य बैंकहरुको कर्जामा लिने ब्याजदर र मूल्य वृद्धिका कारण सञ्चालन खर्चमा भएको वृद्धिलाई प्रमुख कारण उल्लेख गरेको छ । लघुवित्तको संख्यामा आएको वृद्धिले अस्वस्थ प्रतिस्पर्धा र श्रोतको परनिर्भरता जस्ता अन्य कारणले नाफा घटेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले एक अर्ब ५१ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ३ अर्ब ९५ करोड २३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तको सापटी रकम ११ प्रतिशतले बढेर एक अर्ब ८४ करोड पुगेको छ ।

गत आवको चौथो त्रैमाससम्ममा ६१ करोड ७७ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा कोषको लागत ९.९५ बाट १०.७६ प्रतिशतमा बढेपछि ३२ करोड ९२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । जसबाट कम्पनी २८ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल देखिन्छ । ब्याज आम्दानी बढाए पनि कोषकाे लागत बढ्दा खुद ब्याज आम्दानी भने अघिल्लो बर्षभन्दा ८.७३ प्रतिशतले कमी आएको छ।

लघुवित्तले कर्मचारी खर्चमा २३ करोड ४८ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ७ करोड ०९ लाख रुपैयाँ गरेको छ । निष्कृय कर्जा अनुपात ०.८७ बाट १.६० प्रतिशतमा बढेको लघुवित्तले सम्भावित कर्जा नोक्सानी व्यवस्था कोषमा एक करोड ६ लाख रुपैयाँ व्यवस्था गर्दा लघुवित्तको सञ्चालन नाफा ८ करोड ८६ लाखमा खुम्चिएको हाे । गत बर्ष लघुवित्तले १४ करोड ८७ लाख सञ्चालन नाफा कमाएको थियो । सञ्चालन नाफा भने ४० प्रतिशतले घटेको छ ।

नेरुडेको मूल्य आम्दानी अनुपात ३९.०४ गुणा, र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ २२ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।