कानुन नबनाई कर असुली नगर्न अर्थमन्त्रीको निर्देशन, 'तिर्न नसक्नेलाई बोझ थपिदैन'

Aug 12, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले कानुन नबनाई कर असुली नगर्न सरोकारवाला सबै निकायलाई कडा निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न निर्देशन दिएका हुन् ।

 

अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको प्रष्ट पार्दे सरकारले संघीयता कार्यान्वयनका लागि लोक कल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको बताए । उनले करको दुरुपयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

'पहिलो पटक स्थानीय र प्रदेश सरकारले करको प्रावधानहरु, अधिकारहरू प्रयोग गर्दै छ । यस्तो अवस्थामा एकै वर्षमा पूर्णता आउँछ, सबै निश्चिततामा आउँछ भन्ने हुँदैन । कहीँ कतैकाे माेडल ल्याएर यहाँ ल्याएर सफ्टवेयरमा फिट गरेर संघियता कार्यान्वयन हुने त होइन नि ! याे कुनै सफ्टवेयरद्वारा सञ्चालित परिपाटी नै हाेइन । संक्रमणकाल भन्दैमा कानून नबनार्इ कर लगाउन पाइँदैन,दोहोरो कर लगाउन पाउदैन, क्षेत्रधिकार भन्दा बाहिर गएर कर लगाउन पाइँदैन ।' अर्थमन्त्री खतिवडाले भने ।

साथै उनले लोककल्याणकारी राज्यको अवधारणा अनुरुप कर तिर्न नसक्नेलाई करको बोझ नलगाउने र तिर्न सक्नेलाई अलिकित कर लिने सरकारको नीति भएको प्रष्ट पारे । राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बढाउन कर लिने गरेको उनको भनाई छ ।

सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने सरकारको नीति रहेको स्पष्टिकरण दिएका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।