राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी २०६ रुपैयाँ, पूँजी बढाउने बाध्यता

Aug 16, 2018 Merolagani

राष्ट्रिय बीमा कम्पनी(RBCL) ले गत आर्थिक वर्षमा १३२.४७ प्रतिशतले खुद नाफा बढाएर प्रतिशेयर आम्दानी २०६ रुपैयाँ ६४ पैसा कायम गरेको छ । यो सँगै राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी प्रति शेयर आम्दानी कायम गर्ने कम्पनी बनेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ५५ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा ३१ करोड ३९ लाख बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बीमा कम्पनीको नाफा २३ करोड ७० लाख रुपैयाँ थियो ।

कम्पनीले यस अवधिमा ८१ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २९ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

बैंक ब्याजदर बढेको फाइदा कम्पनी पनि उठाएको छ । कम्पनीले तीन अर्ब ३५ करोड रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ। जसबाट कम्पनीले ५४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको बैंक मौज्दात २१ करोड ८२ लाख छ ।

कम्पनीले कुल १७ हजार २२० बीमालेख जारी गरेर ९३ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे छ भने समिक्षा अवधिमा ८ करोड २९ लाख रुपैयाँ दावी भुत्तानी गरेको छ ।

कम्पनीले खुद बीमा शुल्क बाट २२ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै खुद दाबी भुक्तानी ६ करोड ७१ लाख रुपैयाँ गरेको छ भने अझै ५४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले प्रतिसेयर आम्दानी २०६ रुपैयाँ ६४ पैसा कायम गरेको छ भने प्रतिसेयर नेटवर्थ ८७६ रुपैयाँ छ । नेटवर्थ बढी हुनेमा पनि राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा देखिएको छ । बीमा समितिले दिएको निर्देशन अनुसार कम्पनीलाई पूँजी बढाउनु पर्ने बाध्यता छ ।समितिको निर्देशन अनुसार उसले एक अर्ब पूँजी कायम गर्नुपर्नेछ ।

कम्पनीको जगेडा कोषमा दुई अर्ब ७ करोड रुपैयाँ सञ्चीत छ। त्यस्तै बीमाकोषमा एक अर्ब ३५ करोड राखेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।