उपत्यकाबाट सिनर्जी फाइनान्सको हकप्रद भर्ने मंगलबार अन्तिम दिन

Aug 28, 2018 Merolagani

बेष्ट फाइनान्स कम्पनीमा विलय भएको साबिकको सिनर्जी फाइनान्स (SYFL) को २५ प्रतिशत हकप्रदमा उपत्यकाबाट आवेदन गर्ने भदौ १२ गते मंगलबार अन्तिम दिन रहेको छ ।

उपत्यका बाहिर सोमबार नै अन्तिम दिन रहेको उक्त फाइनान्स कम्पनीको हकप्रदमा उपत्यकामा सोमबार गाइजात्राको विदा परेकाले मंगलबार अन्तिथम दिन कायम भएको हो । यसअघि साउन २७ गते अन्तिम रहेकोमा प्रयाप्त आवेदन नपरेपछि फाइनान्सले १५ दिन समय थपेको थियो । 

सिनर्जीले १ बराबर ०.२५ कित्ताको अनुपातमा असार २५ गतेदेखि ११ लाख ८६ हजार २२.४७ कित्ता शेयर निष्काशन गरेको हो । यस हकप्रदमा गत जेठ २९ गते सम्ममा कायम शेयरधनीहरुले मात्र आवेदन गर्न सक्नेछन् ।

फाइनान्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सेयरधनीले धितोपत्र बोर्डवाट मान्यता प्राप्त सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुवाट हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।

यसैगरि प्रभु क्यापिटल,कमलादी, सिनर्जी फाइनान्सको कार्पोरेट तथा शाखा कार्यलयहरुवाट समेत हकप्रद शेयरमा आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।