स्वरोजगार लघुवित्त हकप्रद भर्न छुट्यो कि, आज अन्तिम दिन

Sep 02, 2018 Merolagani

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL)ले साउन १३ गते देखि निष्काशनन गरेको हकप्रदमा आवेदन दिने भदौ १७ गते आइतबार अन्तिम दिन रहेको छ । लघुवित्तले एक बराबर अनुपातमा १२ लाख २४ हजार ९७७ कित्ता सेयर निष्काशन गरेको थियो ।

लघुवित्तको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । शेयर निष्काशन प्रयोजनका लागि लघुवित्तले असार २८ गते बुक क्लोज गरेकाले असार २७ गतेसम्म कायम भएका शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

हकप्रद शेयरमा धितोपत्र बोर्डवाट सि आस्वा सदस्यको अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कामना विकास बैंकको ज्ञानेश्वर शाखा र सेन्ट्रल फाइनान्सको कुपण्डोल र चावहिल शाखावाट पनि हकप्रद भर्ने व्यवस्था गरेको विक्री प्रबन्धकले जनाएको छ ।

त्यसैगरि एनएमबी क्यापिटल नागपोखरी, एनएमबी बैंकका शाखा कार्यालयहरु, स्वरोजगार लघुवित्त बनेपा, गुडविल फाइनान्स हात्तिसार, डिल्लिबजार, इन्द्रचोक कुमारीपाटी ललितपुरबाट समेत आबेदन दिन सकिने बिक्री प्रवन्धकले जनाएको छ ।

दोस्रो बजारमा ७५५ रुपैयाँ प्रतिकित्ता सेयरमूल्य रहेको लघुवित्तको हकप्रद एक सय रुपैयाँमा नै किन्ने अवसर सेयरधनीलाई भदौ १७ गतेसम्म मात्र हुने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ रहेको छ । १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २४ करोड ४९ लाख ९५ हजार ५२० रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।