स्वदेशी लघुवित्तको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 09, 2018 Merolagani

स्वदेशी लघुवित्त(SDESI) ले जारी गर्ने शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २५ गते हकप्रद निष्काशनका लागि सेयरधनी किताब बन्द गर्ने भएकाले आइतबारसम्म कायम रहने सेयरधनी मात्र हकप्रदका लागि योग्य हुनेछन् ।

हकप्रद भर्न नचाहनेले भने आइतबार सेयर बिक्री गरेर हकप्रदको बोझबाट उन्मुक्त्ति पाउन सक्नेछन् ।

लघुवित्तले एक बराबर एक अनुपातमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट साउन २४ गते बिहीबार अनुमति पाएको थियो।

हकप्रद जारी गर्न लघुवित्तले यसअघि नै एनआईसी एशिया क्यापिटलसँग हकप्रद निष्काशन सम्बन्धी सम्झौता गरिसकेको छ ।


लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्त्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य बिहीबार प्रतिकित्ता एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।