यस्तो खेलले टिक्न सकिरहेको छैन बजार, दोष कस्को ?

Sep 09, 2018 Merolagani

पछिल्ला दिनहरुमा सेयर बजारप्रति लगानीकर्ता आशावादी हुने संकेत देखिँदै गर्दा कारोबारीहरुको कृयाकलापले बजारलाई असर पारेको छ । बढ्न खाजिरहेको सेयर मूल्य घटाउन खोज्ने अनि घट्दो अवस्थाको सेयरलाई जबरजस्ती बढाउन खोज्ने प्रवृत्तिले बजारमा कम्पनीहरुको सेयरमूल्यमा छिनभरमा तिब्र उतार-चढाव देखिन थालेको छ ।

यसले लगानीकर्तालाई उत्साहित बनाउने भन्दा निराश बनाउँदा आइतबार बजारमा असर देखिएको छ । हामीले गत बिहीबार कारोबारमा आएको नेपाल टेलिकमको सेयर कारोबारको नालीबेलीलाई आइतबारको बजारक्रमसँग जाड्ने प्रयत्न गरेका छौं । 

यो सिलसिला टेलिकमको सेयरमा मात्र नभई अन्य कम्पनीको सेयरमा पनि चल्दा बजारमा लगानीकर्ताहरु अन्यौलमा परेका छन् । जसका कारण आइतबारको सेयर बजार ज्यादै सुस्त बन्नुका साथै सूचक पनि ओरालो लागि रहेको छ ।

गत बिहीबार नेपाल टेलिकमको ४ हजार ४ सय ३५ कित्ता सेयरहरु किनबेच भएका थिए । जम्मा १८ पटक भएको कारोबारमा टेलिकमको सेयरमूल्य ७४१ रुपैयाँमा कारोबार सुरु भएको थियो । सेयर दलाल नम्बर ५१ बाट पहिलो पटक बिक्री भएको ६ सय ७० कित्ता सेयर ५९ नम्बर ब्रोकरले खरिद गरेको देखिन्छ ।

त्यसपछि २८ नम्बर ब्रोकरबाट बिक्री भएको टेलिकमको १० कित्ता सेयर ७ नम्बर ब्रोकरले ७३६ रुपैयाँमा किन्छ । लगत्तै ५१ नम्बरले ७४० रुपैयाँमा १० कित्ता सेयर ५९ नम्बरलाई बिक्री गर्छ । फेरी ४९ ले ७३५ मा झारेर १० कित्ता सेयर ७ नम्बरलाई बिक्री गर्छ ।

उक्त दिन कारोबारमा आएका सबैजसो सेयर ५९ नम्बरले किनिरहेको हुन्छ । यो क्रम चल्दै गर्दा कारोबार बन्द हुने समयमा ५१ ले १० कित्ता सेयर ४३ नम्बरलाई ७६० रुपैयाँमा बेच्छ ।

आइतबार टेलिकमको सेयर मूल्य बिहीबारको औसत मूल्यमा मात्र कारोबार भैरहेको छ । बिहीबार जबरजस्ती १० कित्ता सेयरको आडमा टेलिकमको सेयरमूल्य बढाउन खोज्दा त्यसको नकरात्मक असर आइतबार देखिएको हो ।

यो क्रम अरु विभिन्न कम्पनीहरुमा समेत चल्दा बजार एउटा गतिमा उकालो लाग्ने क्रममा ब्रेक लागेको देखिएको हो । अर्थात जबरजस्ती टेलिकम जसरी नै अरु कम्पनीको सेयर मूल्य माथि लैजान खोजे पनि त्यसको औसत कारोबार रकमलाई आधार बनाएर आइतबार सेयर किन्नेहरु आए ।

बाध्य भएर बेच्नेले पनि बिहीबारको कारोबारको औसत मूल्यमा सेयर बेचे । सरसरती हेर्दा टेलिकमको सेयर मूल्य बिहीबारको पहिलो कारोबार मूल्यभन्दा माथि नै छ । तर कृतिम रुपमा उत्पन्न गराइएको तिब्र उतार-चढावले आइतबार उसको सेयर मूल्य घटेको जस्तो मात्र देखिन्छ ।

बजारमा चलेका यस्ता प्रवृत्तिका कारण सेयर मूल्य दिनहुँ प्रभावित बनिरहेका छन् । जसका कारण सेयर मूल्य अघिल्ला कारोबारको तुलनामा माथि नै हुँदा पनि बजार सूचक भने ओरालो लागेको देखिन्छ । तर बजारका कारोबारीहरुले भने यही बेलामा पनि राम्रो नाफा उठाई रहेका छन् ।

बिहीबारको नेपाल टेलिकमको फ्लाेरसिट हेर्ने हो भने यो विषय प्रष्ट हुन्छ ।

 

बजारले स्थायीत्व खोज्दै गर्दा देखिएका यस्ता कृयाकलापले बजारलाई माथि जानेभन्दा तल झार्ने काम गरिरहेको छ । भलै बजार बढोस् भन्ने हेतुले अनावश्यक रुपमा सेयर मूल्य बढाइएको भए पनि बजार अघिल्लाे दिनको अवस्थाका आधारमा माथि जान खोज्दा त्यसले नकारात्मक असर देखाएको हो ।

यसमा लगानीकर्ता तथा सम्बद्ध पक्षहरु चनाखो हुने हो भने बजारप्रति नकारात्मक बन्नुपर्ने अवस्था देखिन्न । तर नियत राखेर वा अरु बहानामा १० कित्ता सेयरको आडमा बजारमा कृतिम उतार-चढाव उत्पन्न गर्नेहरुको भने पहिचान हुन जरुरी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।