नयाँ नेपाल लघुवित्तको हकप्रदमा आवेदन दिने आइतबार अन्तिम दिन

Sep 16, 2018 Merolagani

नयाँ नेपाल लघुवित्त (NNLB) को २५० प्रतिशत हकप्रैदमा आवेदन दिने आइतबार (भदौ ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २७ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गरेको थियो।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीको एक सय कित्ता शेयर हुनेले दुई सय पचास कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।

लघुवित्तले हकप्रद प्रयोजनका लागि गत साउन ७ गते सोमबार शेयर धनी दर्ता किताब बन्द गरेको थियो । जस अनुसार साउन ६ गते आइतबारसम्म कायम कम्पनीका शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

हकप्रदमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट हकप्रद भर्न मिल्नेछ । त्यसैगरि बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी तथा एनएमबि बैंकका तोकिएको शाखा कार्यालय बाट समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तकाे सेयर अन्तिम पटक भदाै २८ गते बिहीबार ६७९ रूपैयाँमा काराेबार भएकाे थियाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।