यूनियन लाइफ सञ्चालनको एक बर्ष पुरा, ८२ हजार बढी बीमालेख जारी

Sep 21, 2018 Merolagani

यूनियन लाइफ इन्स्योरेन्सले कारोवार संचालन गरेको एक वर्ष पूरा भएको छ । एक बर्षको अवधिको कम्पनीले ८२ हजार भन्दा बढी बीमा लेख जारी गरी एक अर्ब भन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार उसले आर्थिक वर्ष २०७४/७५ मा ८६ करोड ५० लाख प्रथम बीमा शुल्क संकलन गरेको छ । 

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा करिब २२ करोड प्रथम बीमा शुल्क संकलन गरेको छ हालसम्म कम्पनीले ८२ हजार भन्दा बढी बीमालेख जारी गरेको जानकारी दिएको छ । २ अर्ब १५ करोड जारी पूँजी रहेको कम्पनीले १० प्रकारका बीमा योजनाहरु संचालन गरिरहेको छ ।

कम्पनीले गत बर्षको बीमा ब्यवसायबाट १० करोड ७७ लाख मुनाफा  गरेको र जीवन बीमा कोष रु.३७.३० करोड पुगेको जनाएको छ ।

नियमनकारी निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भएकाहरु मध्ये ७५ भन्दा बढी शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका र थप शाखा समेत बिस्तार गर्ने कम्पनीको योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ बैशाख २४ गते दर्ता भएको यो कम्पनीले बिमा समितिबाट सोही वर्षको असार २० गते इजाजत प्रमाणपत्र प्राप्त गरेको थियो । ०७४ असोज ६ गते बीमा समितिबाट कारोवार संचालनको अनुमती प्राप्त गरेको थियो ।

कम्पनीको अध्यक्ष शुलभ अग्रवाल ,संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

कम्पनीले जीवन बीमाको पहुँच अभिबृद्धि गराउने कार्यलाई प्राथमिकता दिनका लागि बीमा बजारको माग र आवश्यक्ता अनुसार नविनतम बीमा योजनाहरु ल्याउने र कम्पनीलाई जीवन बीमा क्षेत्रको भरोसा योग्य कम्पनी बनाउने लक्ष्य लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।