सेयर बजारका ‘पपुलर’ कम्पनी चिन्नुहोस्, कुन दलालबाट भयो अधिक किनबेच ?

Sep 25, 2018 Merolagani

सेयर बजार निरन्तर उकालो लाग्ने क्रममा मंगलबार झण्डै सवा एक अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यस क्रममा नेपाल स्टक एक्सचेञ्जमा लगानीकर्ताले कारोबार रकम, कारोबार संख्या, सेयर मूल्य घटबढका आधारमा मात्र उत्कृष्ट कम्पनीहरुको विबरण हेर्न पाउँछन् । यहाँ हामीले खरिद बिक्रीका आधारमा ‘पपुलर बाई’ अनि ‘सेल’ भएका कम्पनीको विबरण पस्किएका छौं ।

मेरोलगानीको डेटा एनालिटिक्सले दिनभरी कारोबार आएका सेयरको आधारमा खरिद तथा बिक्री हुँदा अधिक रुचाइएका कम्पनीको सूची तयार गर्ने गर्छ । जस अनुसार मंगलबार खरिद भएको सेयरमा ‘माेष्ट पपुलर’मा लक्ष्मी बैंक परेको छ ।

त्यसै गरी बिक्री भएको सेयरमा ‘माेष्ट पपुलर’ मा एभरेष्ट बैंक परेको छ । शिर्ष १० मा परेका ‘माेष्ट पपुलर बाई’ तथा ‘माेष्ट पपुलर सेल’ का कम्पनीको सूची यस्तो देखियो ।

‘माेष्ट पपुलर बाई’ मा परेका १० कम्पनी :-

 

‘माेष्ट पपुलर सेल’ मा परेका १० कम्पनी:-

 

अब सबैभन्दा धेरै सेयर किनेका सेयर दलालले पनि कुन कम्पनीको सेयर अधिक खरिद गरे ? त्यो पनि हेरौं । सेयर किनेका आधारमा सेयर दलाल नम्बर ३४ जनता बैंकको सेयर अधिक किनेर शिर्ष स्थानमा बसेको छ ।

त्यसै गरी सेयर दलाल नम्बर ५८ प्रभु बैंकको सेयर धेरै खरिद गरेर धेरै सेयर किन्नेको सूचीको दोस्रो स्थानमा बसेको छ । तेस्रो स्थानमा रहेको ४४ नम्बरले सानिमा बैंकको अधिक सेयर खरिद गरेको डेटा एनालिटिक्सले देखाउँछ । चित्रमा हेरौं कम्पनीका आधारमा शिर्ष कम्पनीका सेयर किन्ने शिर्ष १० सेयर दलालहरु ।

 

त्यसै गरी सेयर बेच्ने सन्दर्भमा एनआईसी एशिया बैंकको सेयर अधिक बिक्रीमा परेको देखिन्छ । खरिदमा प्रत्येक सेयर दलालको सूचीमा फरक कम्पनी भएकोमा बिक्री गर्ने शिर्ष दलालका शिर्ष १० कम्पनीमा ३ दलाल कम्पनीमा एनआईसी एशिया बैंक परेको छ ।

यस्तो सूचीको पहिलो स्थानमा रहेको सेयर दलाल नम्बर ४८, दोस्रो स्थानमा रहेको सेयर दलाल नम्बर ५८ को बिक्रीको शिर्ष स्थाचनमा एनआईसी एशिया बैंक परेको छ । तेस्रो स्थानमा रहेको सेयर दलाल नम्बर ४४ को बिक्री भएको सेयरको पहिलो स्थानमा एभरेष्ट बैंक पर्दा चौथो स्थानको ३४ नम्बरले पनि एनआईसी एशिया बैंकको सेयर अधिक मात्रामा बिक्री गरेको छ ।

चित्रमा शिर्ष १० सेयर दलालले सेयर बिक्री गरेका शिर्ष १० कम्पनीको सूची हेर्नुहोस्:-

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।