पच्चिस अंकको वृद्धिपछि बुधबार नेप्सेमा करेक्शन, कारोबारमा उत्साह कायमै

Sep 26, 2018 Merolagani

शेयर बजार परिसूचक नेप्सेमा बुधबार सामान्य गिरावट आएको छ । यस हप्ताको आइतबार र मंगलबार नेप्से परिसूचक २४.९८ अंकले वृद्धि भएकामा बुधबार २.३१ अंकले करेक्शन आएर परिसूचक १२७७.७४ अंकमा झरेको छ । बजारमा कारोबार रकम भने उत्साहपूर्ण भएको छ ।

बुधबार १७१ कम्पनीको ४५ लाख ९१ हजार ४८ कित्ता शेयर ९१ करोड ४६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । क्यापिटल मर्चेन्ट फाइनान्सको मात्र १५ लाख बढी कित्ता कारोबार हुँदा कारोबार कित्ता उच्च देखिएको छ ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम २१ करोडले घटेको छ । अल्पकालीन लगानीकर्ताले बढेकाे बजारमा नाफा बुक गर्दा पनि बजारमा सामान्य करेक्शन अाएकाे लगानीकर्ता वेदनाथ घिमिरे बताउँछन् । मंगलबार एक अर्ब १२ करोड १२ लाखको कारोबार भएको थियो । 

बुधबार कारोबारमा आएका १० उप समूहमध्ये जीवन बीमा समूहको ३०.४८ र अन्य समूहको सूचक ०.६८ अंकले वृद्धि भएको छ । बाँकी सबै उप समूहको सूचक सामान्य घटेका छन् ।

 

 

बुधबार पनि बैंकिङ्गको कारोबार हिस्सा कूल कारोबार ९१ करोडको ६६ प्रतिशत अर्थात अर्थात ६० करोड २७ लाखको कारोबार यसैमा भएको छ । बैकिङ्ग सूचक भने २.६९ अंकले घटेको छ ।

निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २४.२७ अंकले घटेको छ । लघुवित्त समूह १७.७५, होटल ९.९८, विकास बैंक ६.७, फाइनान्स ३.२७ र हाइड्रोपावरको सूचकमा २.९८ अंकले ह्रास आएको छ ।

बुधबारको बजारमा उच्च रकमको कारोबार हुने दश कम्पनीमा ८ वटा बाणिज्य बैंक रहेका छन् । अन्य तीन कम्पनीको मात्र उच्च कारोबार भयो ।

बुधबार सबैभन्दा धेरै कुमारी बैंकको ६ करोड २७ लाख रुपैयाँमा शेयर कारोबार भएको छ । एनएनबीको ६ करोड ६ लाख, नेपाल बैंक ४ करोड ९८ लाख, सिभिल ४ करोड ८८ लाख, प्रभु बैंकको ४ करोड ५२ लाख, मेगा ४ करोड ३६ लाख, क्यापिटल मर्चेन्ट फाइनान्स ३ करोड ४५ लाख, एनआईसी एशिया २ करोड ६९ लाख, नेपाल लाईफ २ करोड ६४ लाख र सानिमा बैंकको २ करोड ५० लाखको कारोबार भयो ।

बुधबारको बजारमा कमाउने र गुमाउने दुबै साना तथा मझौला कम्पनीका शेयरधनी रहेका छन् । समता माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्किट लागेको छ भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ५.८० प्रतिशतले गुमाए ।

लगानीकर्ताको सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण बुधबार १५ खर्ब २१ अर्ब रूपैयाँमा समेटिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।