मेरो र फर्स्ट माइक्रोको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Oct 02, 2018 Merolagani

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र फर्स्ट माइक्रोफाइनान्सकाे लाभांश सुरक्षित गर्ने असाेज १६ गते मंगलबार अन्तिम दिन रहेको छ। गत आर्थिक बर्षको नाफाबाट प्रस्तावित लाभांश वितरणका लागि दुबै कम्पनीले असोज १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले मंगलबारसम्म कायम रहने शेयरधनी मात्र लाभांश पाउनेछन् ।

 बुकक्लोजपछि शेयर खरिद गर्ने लगानीकर्ताहरु लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागि हुन पाउँदैनन् ।

मेरो माइक्रोफाइनान्स (MERO) ले कात्तिक ९ गते छैटौं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत बर्षको नाफाबाट कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

साधारण सभाबाट कम्पनीले बोनस पश्चात कायम हुने पूँजी बराबर नै (शतप्रतिशत) हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ । लघुवित्तको सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार थप पूँजी आवश्यक पर्ने भएकाले हकप्रद निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजी ३२ करोड ८९ लाख बराबरको हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । यस हकप्रद पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा माइक्रोफाइनान्सले ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २५ पैसा कायम गरेको थियो ।

सोमबार कम्पनीको सेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता एक हजार ३०० रूपैयाँमा कारोबार भएको छ ।

यता फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १२.६३ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने पनि असोज १६ गते मंगलबार नै अन्तिम दिन रहेको छ ।

सोमबार कम्पनीको सेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४१२ रूपैयाँमा कारोबार भएको छ । माइक्रोफाइनान्सको साउन २१ गते सोमबार सम्पन्न १४० औं सञ्चालक समति बैंठकले १२.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

असोज ४ गते बसेको सञ्चालक समितिको १४२ औं बैठकले लाभांश पारित गर्न फस्टले असोज २७ गते शनिबार अनुपम फुडल्याण्ड बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे नवौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँको १२.६३ प्रतिशत अर्थात आठ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले ३ जना संस्थापक समूहको सञ्चालक निर्वाचन समेत गर्नेछ ।

दुबै कम्पनीको लाभांश साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गर्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।