दशैंको बिदामा देशभरीका कुन बैंकले कहाँ अनि कहिले दिन्छन् सेवा ?

Oct 15, 2018 Merolagani

दशैंको बिदामा बैंकहरुले दिने सेवाका लागि समय तथा शाखाहरु तोकेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार केही बैंकहरुले सेवाग्रहीको सहजताका लागि दशैंमा खुल्ने शाखा तथा समयको विबरण तयार गरेका हुन् । ३६५ दिन नै सेवा दिने योजना अनुरुप बैंक तथा वित्तीय संस्थाले आफ्ना केही शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका हुन् ।

प्रभु, नबिल, सिद्धार्थ, हिमालयन, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, जनता, सनराइज, सेञ्चुरी, माछापुछ्रे बैंकले विदाको दिन खुला रहने शाखा, मिति र समयबारे सूचना सार्वजनिक गरेका छन् । दशै अवधिभर खुल्ने अधिकांश बैंकका शाखाहरुले दैनिक ३ घण्टा सेवा दिने छन् ।

बैंकहरुले जारी गरेको सुचनाको आधारमा खुल्ने बैंकको शाखा, मिति र समय उल्लेख गरिएको छ ।

प्रभु बैंक

प्रभु बैंकले असोज ३० गते देखि कार्तिक १ गते सम्म बबरमहल, कमलादी, जावलाखेल, गोंगबु, खिचापोखरी र सुर्यविनायक शाखा ११ बजे देखि २ बजे सम्म खुल्ला राख्ने छ ।

यस्तै उपत्यका बाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिराहा, बुटवल, भैरहवा, पोखरा, नेपालगञ्ज, कलैया, विरगञ्ज, विराटनगर, बाग्लुङ र धनगढी शाखा खुल्नेछ ।

नविल बैंक

नविल बैंकको उपत्यका भित्र तिनधारा र ललितपुर शाखा दशै अवधिका सबै दिनमा सञ्चालन गर्नेछ । यस्तै महाराजगञ्ज, नयाँ बानेश्वर, त्रिपुरेश्वर र बालाजु शाखा अशोज ३० गते, न्युरोड शाखा ३१ गते विहान १० बजे देखि १ बजे सम्म खुल्नेछ ।

यस्तै उपत्यका बहिरा असोज ३० गते हेटौडा, पोखरा, इटहरी, धनगढी, धरान, नारायणगढ, विराटनगर र बुटवल शाखा १० बजे देखि १ बजे सम्ममा खुल्ला रहनेछ । अशोज ३१ गते बीरगञ्ज र नेपालगञ्ज शाखा १० बजे देखि १ बजे सम्म खुल्नेछ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले उपत्यका भित्र हात्तिसार शाखा असोज ३०, ३१ र कार्तिकको १ र ३ गते खुल्ला राख्ने भएको छ । कुमारीपाटी शाखा असोज ३० र ३१ गते ११ बजे देखि २ बजे सम्म खुल्नेछ । न्युरोड शाखा असोज ३० र ३१ का साथै कार्तिक १ र ३ गते खुल्नेछ । तीनकुने शाखा असोज ३० गते २ बजे देखि ५ बजे सम्म खुल्नेछ ।

उपत्यका बाहिर विराटनगर र बीरगञ्ज शाखा असोज ३०, ३१ र कार्तिक १ गते खुल्ला राख्ने सिद्धार्थले बुटवल र नारायणगढ शाखा ३० गते खुल्ला राख्नेछ । दमक, धनगढि, जनकपुर, टीकापुर र घोराही शाखा असोज ३० र ३१ गते ११ बजे देखि २ बजे सम्म खुल्ने छन् । भैरहवा शाखा असोज ३० गते २ बजे देखि ५ बजे सम्म खुल्नेछ ।

हिमालयन बैंक

हिमालयन बैंकको ठमेल, न्युरोड र पाटन शाखा असोज ३०, ३१ र कार्तिक ३ गते खुल्नेछ । ठमेल शाखा १० बजे देखि १ बजे सम्म, न्युरोड ११ बजे देखि २ बजे सम्म र पाटन शाखा १२ बजे देखि ३ बजे सम्म खुल्ला हुनेछ । महाराजगञ्ज शाखा असोज ३० र ३१ गते १२ बजे देखि ३ बजे सम्म खुल्नेछ ।

यस्तै पोखरा शाखा असोज ३० गते ११ बजे देखि २ बजे सम्म खुल्नेछ ।

सानिमा बैंक

सानिमा बैंकको कुमारीपाटी, न्युरोड, सुर्यविनायक शाखा असोज ३० र ३१ गते ११ बजे देखि २ बजे सम्म खुल्नेछ ।

यस्तै उपत्यका बाहिर इटहरी, दमक, धनगढी नारायणगढ, नेपालगञ्ज, पोखरा, बिर्तामोड, विराटनगर, बुटवल, लालबन्दी, बीरगञ्ज, सुर्खेत र हेटौडा शाखा असोज ३० र ३१ गते ११ बजे देखि २ बजे सम्म खुल्नेछ ।

स्ट्याण्डर्ड चार्टड बैंक

स्ट्याण्डर्ड चार्टड बैंकले नयाँ बानेश्वर शाखा असोज ३१ गते र कार्तिक १ गते, लाजिम्पाट शाखा असोज ३० गते र कार्तिक ३ गते तथा न्युरोड शाखा असोज ३० गते ९ः३० बजे देखि १२ः३० बजे सम्म खुल्ला राख्ने छ । ललितपुर शाखा कार्तिक १ र ३ गते, बौद्ध शाखा असोज ३१ गते २ बजे देखि ५ बजे सम्म खुल्नेछ ।

यस्तै उपत्यका बाहिर विराटनगर र पोखरा शाखा असोज ३० र १ गते, नेपालगञ्ज, र बुटवल कार्तिक १ गते, धरान असोज ३० गते र ३१ गते ११ बजे देखि २ बजे सम्म खुल्नेछ । नारायणगढ शाखा भने कार्तिक १ गते २ बजे देखि ५ बजे सम्म खुल्नेछ ।

जनता बैंक

जनता बैंकको नयाँ बानेश्वर शाखा असोज ३० गते र न्युरोड शाखा ३१ गते खुल्नेछ ।

उपत्यका बाहिर विरगञ्ज, नारायणगढ, मिलनचोक बुटवल, भैरहवा, धनगढि ३० र ३१ गते, महेन्द्रनगर र घोराही ३० गते १० बजे देखि १ बजे सम्म खुल्नेछ ।

सनराइज बैंक

सनराइज बैंकको गैरीधारा शाखा असोज ३० देखि कार्तिक ३ गते सम्म १२ बजे देखि २ बजे सम्म खुल्नेछ । गाबहाल शाखा पनि असोज ३० गते देखि कार्तिक ३ गते सम्म १० बजे देखि १२ बजे सम्म र भक्तपुर शाखा असोज ३० र ३१ गते ११ बजे देखि १ बजे सम्म खुल्नेछ ।

यस्तै उपत्यका बाहिर विरगञ्ज असोज ३१ गते देखि कार्तिक २ गते सम्म, विराटनगर, पोखरा, नारायणगढ शाखा असोज ३० र ३१ गते, गाइघाट शाखा असोज ३० गते देखि कार्तिक १ गते सम्म १० बजे देखि १ बजे सम्म खुल्नेछ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकको पुतलीसडक शाखा असोज ३०, ३१ र कार्तिक ३ गते ११ बजे देखि ३ गते सम्म खुल्नेछ । न्युरोड शाखा असोज ३० र ३१ गते १ बजे देखि ४ बजे सम्म र मानभवन शाखा असोज ३० र ३१ गते १० बजे देखि १ बजे सम्म खुल्नेछ ।

यस्तै उपत्यका बाहिर धुलिखेल, पोखरा, विराटनगर, इटहरी, विर्तामोड, बीरगञ्ज, जनकपुर बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी शाखा असोज ३० र ३१ गते, टिकापुर शाखा असोज ३० र ३१ गतेका साथै कार्तिक ३ गते ११ बजे देखि २ बजे सम्म खुल्नेछ ।

माछापुछ्रे बैंक

माछापुछ्रे बैंकको लाजिम्पाट र न्युरोड शाखा ३० गते, नयाँ बानेश्वर शाखा ३० र ३१ गते, भक्तपुर, न्युरोड, पुतलीसडक शाखा असोज ३१ गते ११ बजे देखि २ बजे सम्म खुल्नेछ ।

उपत्यका बाहिरका भैरहवा र बनेपा शाखा असोज ३० र ३१ गते ९ बजे देखि १२ बजे सम्म, बीरगञ्ज शाखा असोज ३० र ३१ गते, बुटवल, दमौली र इटहरी असोज ३० गते, जनकपुर असोज ३० र ३१ गते ११ बजे देखि २ बजे सम्म खुल्नेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंक

नेपाल इन्भेष्टमेण्ट बैंकको दरबारमार्ग शाखा असोज ३० देखि कात्तिक १ गतेसम्म ९ देखि १२ बजेसम्म खुल्नेछ भने टीकाको दिन दरमार्ग शाखा ९ देखि ११ बजेसम्म खुल्नेछ । सोही शाखा कात्तिक ३ गते ९ देखि १२ बजेसम्म खुल्नेछ ।

पुलचोक शाखा असोज ३० देखि कात्तिक ३ गतेसम्म (टीकाको दिन बाहेक) १२ देखि ३ बजेसम्म खुल्नेछ । न्युरोड पुतली सडक, ठमेल र कालिमाटी शाखा असोज ३०, ३१ र कात्तिक ३ गते १२ बजेदेखि ३ बजेसम्म खुल्नेछ ।

गोंगबु र नयाँ बानेश्वर शाखा असोज ३०, ३१ र कात्तिक ३ गते १ बजेदेखि ४ बजेसम्म खुल्नेछ । बौद्ध शाखा असोज ३०, ३१ र कात्तिक ३ गते ९ देखि १२ बजेसम्म खुल्नेछ । बत्तीसपुतली र धुम्बाराही शाखा असोज ३०, ३१ र कात्तिक ३ गते १० बजेदेखि १ बजेसम्म खुल्नेछ ।

सिपाडोल शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते १०ः३० देखि १ः३० गतेसम्म खुल्नेछ । किर्तिपुर शाखा पनि सिपाडोल शाखा खुल्ने दिनहरुमा ११ बजेदेखि १ बजेसम्म खुल्ने छन् ।

राजधानी बाहिरका बीरगञ्ज, भैरहवा, बुटवल, बिराटनगर, चिप्लेढुङ्गा पोखरा र जनकपुर शाखा असोज ३० र ३१ ग्ते १० बजेदेखि १ बजेसम्म खुल्ने छन् । नारायणगढ र नेपालगञ्ज र धनगढी शाखा असोज ३० गते १० देखि १ बजेसम्म खुल्ने छन् भने पोखराको लेकसाइड शाखा कात्तिक ३ गते १० देखि १ बजेसम्म खुल्ने छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले दशैं विदाको समयमा न्युरोड शाखा, बानेश्वर शाखा बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म कारोबार खुल्ने जनाएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले दरबार मार्ग, बौद्ध, न्युरोड, कुमारीपाटी कोटेश्वर, कंलकी, भक्तपुर शाखा असोज ३० र ३१ गते विहान ११ बजे देखि २ बजे सम्म, दरबारमार्ग, न्युरोड, कंलकी शाखा कार्तिक १ र ३ गते विहान ११ बजे देखि २ बजे सम्म खोल्नेछ ।

यस्तै उपत्यका बहिर विराटनगर, विर्तामोड, इटहरी, बीरगञ्ज, जनकपुर, नारायणगढ, हेटौडा, पोखरा, सुर्खेत, नेपालगञ्ज, बुटवल, धनगढी महेन्द्रनगर र घोराहि शाखा असोज ३० र ३१ गते विहान ११ बजे देखि २ बजे सम्म खुल्नेछ । कार्तिक १ र ३ गते बीरगञ्ज शाखा बिहान ११ बजे देखि २ बजे सम्म खुल्ने छ ।

नेपाल बङ्गलादेश बैंक

विजुलीबजार, बानेश्वर शाखा असोज ३० र ३१ गते, कार्तिक १ र ३ गते विहान १० बजे देखि १२ बजे सम्म खुल्नेछ । कमलादीको कार्पोरेट शाखा पनि असोज ३० र ३१ गते, कार्तिक १ र ३ गते विहान ११ बजे देखि १ बजे सम्म खुल्नेछ ।

यस्तै उपत्यका बाहिर विराटनगर शाखा र नेपालगञ्ज शाखा असोज ३० र ३१ गते, कार्तिक १ र ३ गते बिहान ११ बजे देखि १ बजे सम्म खुल्नेछ ।

एनएमबी बैंक

उपत्यकामा बैंकको कान्तिपथ शाखावाट दशै र तिहारको टिकाको दिन बाहेक सबै दिन ११ बजे देखि २ बजे सम्म सेवा पाइनेछ ।

उपत्यका बाहिर विराटनगर, उर्लाबारी, फिदिम, बुटवल ट्राफिक चोक, नेपालगञ्ज शाखावाट पनि दशै र तिहारको टिकाको दिन बाहेक सबै दिन ११ बजे देखि २ बजे सम्म वित्तीय सेवा पाइनेछ ।

यस्तै विर्तामोड शाखा असोज ३० र ३१ गते, तिहारमा कार्तिक २१ र २२ गते र धनगढी शाखा असोज ३० र ३१, कार्तिक १ र ३ गते ११ बजे देखि २ बजे सम्म खुल्ने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकको कमलादी, न्युरोड खिचापोखरी र थापाथली शाखा असोज ३०, ३१, तथा कार्तिक १ र ३ गते, खुल्नेछ । यस्तै चावहिल र कलंकी असोज ३० गते तथा बालाजु र कोटेश्वर ३१ गते खुल्नेछ ।

उपत्यका बाहिर बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, जनकपुर, लहान, हपरवन, मलंगवा, बुटवल, नेपालगञ्ज, धनगढी चौरहा, न्युरोड पोखरा असोज ३० गते खुल्ने छ भने बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, जनकपुर, हरिवन, मलंगवा, गोलबजार, विरगञ्ज, हेटौडा, नारायणगढ, बुटवल, नेपालगञ्ज, महेन्द्रनगर, न्युरोड पोखरा असोज ३१ गते खुल्नेछ । न्युरोड पोखरा शाखा कार्तिक १ र ३ गते पनि खुल्नेछ ।

सबै शाखाहरु ११ बजे देखि २ बजे सम्म खुल्ने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।