मध्य भोटेकोशीको पहिलो चरणको १ करोड ४४ लाख कित्ता शेयर क-कसले भर्न पाउँछन् ?

Oct 31, 2018 Merolagani

मध्यभोटेकोशी जलविद्युत आयोजनाले पहिलो चरणमा कात्तिक २८ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ। कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि पहिलो चरणमा १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरणले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी शेयर निष्काशनका लागि कात्तिक १५ गते आह्वानपत्र प्रकाशित गर्ने जनाएको हो ।

प्राधिकरणका अनुसार कात्तिक २८ देखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुका लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन हुनेछ । उल्लेखित समयमा अरु लगानीकर्ताले सेयरमा आवेदन गर्न पाउने छैनन् ।

कर्मचारी सञ्चय कोषका बचतकर्तालाई छुट्याइएको १ करोड १७ लाख कित्ता शेयर निष्काशन भएपश्चात मंसिर १८ देखि २६ गतेसम्म संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि शेयर निष्काशन गरिने बताइएको छ ।

संस्थापक संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ ।

सबै आवेदकहरुले सी -आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् ।

यसका लागि आवश्यक कागजात लिएर बैंक खाता रहेको बैंक तथा निक्षेप सदस्यकोमा सम्पर्क गर्न पनि प्राधिकरणले कर्मचारी सञ्चयकोषका बचतकर्ता, कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीलाई आग्रह गरेको छ । सञ्चयकर्ताको परिचयपत्र, कर्मचारीको परिचयपत्र लगायत कागजात अनिवार्य गरिएको छ ।

उल्लेखित २ चरणको शेयर निष्काशनका लागि कात्तिक १५ गते कम्पनीको आह्वानपत्र सार्वजनिक गर्न लागिएको हो। कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

जलविद्युत आयोजना र कर्मचारी सञ्चयकोषका बीचमा भएको सम्झौता अनुसार २०६८ मंसिर २२ मा बहाल रहेका र २०७५ असोज २९ गतेसम्म थपिएका सञ्चय कोषका बचतकर्ता, कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीले शेयरमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सह-बिक्री प्रबन्धक रहेका छन् ।

सञ्चयकोषका बचतकर्ता र कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीलाई शेयर निष्काशन गरिसकेपश्चात दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक बासीका लागि ६० करोड बराबरको ६० लाख कित्ता आर्इपिओ निष्काशन गर्ने योजना कम्पनीको छ । त्यसपछि तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरिने बताइएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।