ग्लोबल आईएमर्इ लघुवित्तको बोनस सुरक्षित गर्ने अन्तिम दिन

Nov 01, 2018 Merolagani

ग्लोबल आईएमइ लघुवित्त (GILB) को १५ प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कार्तिक १६ गते बुकक्लोज गर्ने मिति तोकेकोले बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र बोनस पाउनेछन् ।

गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनस पारित गर्न लघुवित्तले कात्तिक २९ गते होटल गेट वे हिमालय रिसोर्ट बेशि शहरमा छैटौं बार्षिक साधारण सभा साधारण आह्वान गरेको छ ।

लघुवित्तले साधारण सभाले चुक्ता पूँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँको १५ प्रतिशत अर्थात् एक करोड ४४ लाख रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनार्थ ७ लाख ५८ हजार २८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ११ करोड ४ लाख ५७ लाख पुग्नेछ । लघुवित्तले बोनस पछिको कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेर चुक्त्ता पूँजी बढाउन लागेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।