रिलायन्स लाईफ व्यवसाय विस्तारमा आक्रमक, एकैपटक ७ शाखाको उद्घाटन

Nov 05, 2018 Merolagani

रिलायन्स लाइफ इन्स्योरेन्सले व्यवसाय विस्तारलाई बढावा दिन एकैपटक ७ वटा शाखाको स्थापना गरेको छ। कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर, नेपालगञ्ज, सुर्खेत, र दैलेखमा आफ्नो शाखाहरु उद्घाटन गरेको हो ।

धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश न. ७ का आर्थिक मामिला तथा योजनामन्त्री माननीय झपटबहादुर बोहराले संयुक्त रुपमा गरेका हुन् ।

त्यसैगरी कम्पनीको नायब कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, डडेल्धुरा शाखाको अमरगढ़ी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, दैलेख शाखाको जिल्ला समन्वय समितिका का.मु. प्रमुख बालकृष्ण केसी र प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले गरेका छन् ।

त्यसैगरि टिकापुर शाखाको टिकापुर महानगरपालिकाका उपमेयर केशरी विष्ट रावल, नेपालगञ्ज शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, सुर्खेत शाखाको प्रदेश न.६ का आर्थिक मामिला तथा योजनामन्त्री माननीय प्रकाश ज्वाला वुढाथोकीले उद्घाटन गरेका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।