बरुण हाइड्रोपावरको नाफा ३८.१ प्रतिशतले घट्यो

Nov 11, 2018 Merolagani

बरुण हाइड्रोपावर (BARUN)ले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड १५ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । हाइड्रोपावरको नाफा गत वर्षको यसै अवधिको तुलनामा ३८.१ प्रतिशतले  घटेको हो । 

गत वर्ष हाइड्रोपावरले  एक करोड ८१ लाख २३ हजार रुपैयाँ नाफाआर्जन गरेको थियो । सञ्चालन खर्चमा वृद्धि हुदा हाइड्रोपावरको नाफा घटेको हो । 

हाइड्रोपावरको कूल आम्दानी ३ करोड १३ लाख ६६ हजार रुपैयाँ छ । जसमध्ये विद्युत बेचेर १६ लाख ५१ हजार रुपैयाँ बराबरको आम्दानी गरेको हाइड्रोपावरले अन्य माध्यमबाट ५१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

असोज मसान्तसम्म हाइड्रोपावरको सञ्चालन खर्च १६ लाख ५१ हजार रुपैयाँ छ । जुन गत वर्षको तुलनामा ४ लाख ४१ हजार रुपैयाँले बढी हो । गतबर्ष हाइड्रोपावरको सञ्चालन खर्च १२ लाख १० हजार रुपैयाँ थियो ।

चुक्ता पूँजी २५ करोड ५१ लाख रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा दुई करोड ३७ लाख ९२ हजार रुपैयाँ सञ्चित छ ।

साथै हाइड्रोवारको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३२ पैसा छ । प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.१९ गुढा बढी रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।