सामुदायिक लघुवित्तको आईपिओ खुल्यो, न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने

Nov 18, 2018 Merolagani

सामुदायिक लघुवित्त (SAMUDAYIK) ले आजदेखि ३ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको हो ।

लघुवित्तले निष्काशन गर्ने तीन लाख कित्ता आईपिओमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले दुई लाख ७३ हजार कित्तामा लागि मात्र आवेदन गर्न पाउँँनेछन् ।

लघुवित्तको आईपिओमा न्युनतम ५० र बढीमा एक हजार पाँच सय कित्तासम्म आवेदन गर्न पाईनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम दश कित्ता शेयर दमासहिले वितरण गर्नुपर्ने हुन्छ । यसो हुँदा दश कित्ता आईपिओ नै गोलाप्रथाबाट पाउनुपर्ने भएकाले ५० कित्ता भन्दा बढी आवेदन गर्नु फाईदाजनक देखिन्न ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सक्नेछन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आईपीओ निष्कासन मंसिर ५ गते बन्द हुने बिक्री प्रवन्धक एसबीआई मर्चेन्टले जनाएको छ ।

मंसिर २ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको लघुवित्तको यस्तो छ प्रगति

७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात दश करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । त्यस्तै संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ।

गत वर्षको माघमा आर्इपिओ. निष्काशन गर्न आह्वानपत्र प्रकाशन गरेपनि कमजोर संस्थागत सुशासन र वित्तीय विवरणमा कैफियत भेटिएपछि राष्ट्र बैंकको निर्देशनमा धितोपत्र बोर्डले कम्पनीलाई आइपिओ निष्काशनमा रोक लगाएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।