एशियाली विकास बैंकले नेपाललाई १७ करोड सहायता उपलब्ध गराउने

Nov 26, 2018 Merolagani

एशियाली विकास बैंकले नेपालका दुई परियोजनाका लागि १७ करोड रूपैयाँ बराबर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

बैंकले नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाइन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने सम्झौता गरेको हो ।


सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव डा. राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कायर्क्रममा नेपालको दिगो विकास र पूर्वाधारका क्षेत्रमा एडिबीको सहयोग निरन्तर रहने एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।