अमेरिकाले चीनबाट आयात गरिने आईफोन र ल्यापटपमा १० प्रतिशत भन्सार लगाउने

Nov 27, 2018 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात गरिने आईफोन र ल्यापटपमा १० प्रतिशतको भन्सार लगाउने सकिने बताएका छन् । ट्रम्पले सोमबार वाल स्ट्रिट जर्नलमा प्रकाशित एक अन्तर्वार्तामा कर बढाउने कुरा गरेका हुन् । हालसम्म यि उत्पादनमा आयात शुल्क लगाइएको छैन ।

ट्रम्पले जनवरी १ गतेदेखि २ सय अर्ब डलरको चाइनाबाट आयात हुने सामानमा लाग्ने भन्सार १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने निर्णयमा पनि ढिलाई नगरिने बताएका छन् ।

ट्रम्पले दुई देशका बीचमा कुनै पनि प्रकारको सम्झौता नभएको भन्दै २६७ अर्ब डलरको आयातलाई पनि करको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको सम्मेलनको ४ दिन अगाडि ट्रम्पले शुल्क वृद्धिको बयान दिएका हुन् । अर्जेन्टिनामा ३० नोभेम्बर र १ डिसेम्बरमा जी–२० सम्मेलन हुदैँछ ।

अमेरिका र चीनमा बीच विगत केही महिनादेखि लगातार व्यापार युद्ध चलिरहेको छ । अमेरिकाले २५० अर्ब डलरको चाइनीज आयातित सामानमा आयात शुल्क लगाइसकेको छ । एप्पलको प्रोडक्ट यिनीहरुमा शामिल छैन ।

यद्यपी अमेरिकाले पहिले नै भनेको थियो कि, एप्पल वाच, एयपोड र अन्य सामानहरुमा असर पर्नेछ । तर हालसम्म यिनीहरुमा कर लगाइएको छैन । हाल एप्पलका सामग्रीहरु भन्सारबाट मुक्त रहदै आएका छन् ।

अमेरिकी राष्ट्रपति ट्म्पले सोमबार उक्त बयान दिएसँगै काराबारको केही समयमा नै एप्पलको शेयरमा २ प्रतिशतले गिरावट आएको थियो । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।