चार दिनदेखि गेटमै लगानीकर्ता अनशनमा बस्दा नेप्सेले भन्यो: 'हामीलाई थाहै छैन् '

Dec 12, 2018 Merolagani

शेयर बजार लगानीकर्ता दबाब समूहले शेयर बजार सुधार र विस्तारको लागि १४ बुँदे माग राख्दै नेप्सेकोे कार्यालय अगाडी गत चार दिन देखि अनशन जारी राखेका छन् । तर नेप्सेले भने लगानीकर्ताको अनशन र माग बारे आफुलाई कुनै जानकारी नभएको बताएको छ ।

पूँजी बजारका नियामक निकायले विगत दुई तीन वर्ष देखि गर्ने भनेका काम नगरेको र भएका व्यवस्थालाई पनि राम्रो सँग कार्यन्वयन नगरेको भन्दै लगानीकर्ता नेप्सेको गेटमै अनशनमा बसेका छन् ।

नेप्सेका एक उच्च अधिकारीले आन्दोलनरत भनिएका लगानीकर्ताहरुको माग बारे आफुहरुलाई कुनै जानकारी नभएको मेरो लगानीलाई प्रतिक्रिया दिए । 'आजसम्म हामीलाई कुनै पनि मागपत्र औपचारिक रुपमा आएको छैन्, उनीहरुको अनशन के का लागि हो त्यो पनि थाहा छैन, माग नै थाहा नभई कसरी पुरा गर्न सकिन्छ,' ति अधिकारीले भने । सायद उहाँहरुले अनशनका लागि मात्र यो ठाँउ रोज्नु भएको होला । उनले भने ।

यता नेप्सेको गेटमै कालो फेटा बाधेर चार दिनदेखि अनशनमा बसेका लगानीकर्ताहरु भने सरकार र सम्बन्धित निकायबाट कुनै पनि सम्बोधन नहुनु दुखद रहेको बताउँछन् । दबाब समूहका संयोजक हरि ढकालले सम्बन्धित निकायहरुले आफ्नो माग तत्काल सम्बोधन गर्ने छाँटकाट नदेखिएपछि अनशन र आन्दोलनको कार्यक्रमलाई देशव्यापी विस्तार गरिने बताए ।

आन्दोलनरत लगानीकर्ताहरुले मंगलबार अर्थसमितिमा शेयर बजारको बिषयलाई लिएर अर्थमन्त्री, गभर्नर, धितोपत्र बोर्ड र नेप्से लगायतका सरोकारवालाहरुले एक अर्कालाई आरोप प्रत्यरोप गरेर झाराटार्न मात्र खोजेको आरोप लगाएका छन् । उनीहरुले तत्काल आफ्ना माग सम्बोधन गरिनुपर्ने जिकिर समेत गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।