सिन्धुपाल्चोकमा दुई जलविद्युत् आयोजना एकैसाथ निर्माण हुने, ५० मेगावाट क्षमता

Dec 20, 2018 RSS

सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ। सात अर्ब रुपैयाँको लगानीमा ३५.४७ मेगावाट क्षमताको ब्रह्मायणी र तीन अर्ब रुपैयाँको लगानीमा १५.१५ मेगावाट क्षेमताको अपर ब्रह्मायणी आयोजना चार वर्षभित्र सम्पन्न गर्ने गरी इन्द्रीगेटेट हाडड्रो फण्ड नेपालले निर्माण गर्न लागेको आयोजनाका कार्यकारी अध्यक्ष भरत पराजुलीले जानकारी दिए ।

दुवै आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाममा प्रतियुनिट ८.४० र वर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणसँग बिक्री सम्झौता भइसकेको छ । 

जुगल हिम शृङ्खलाको फेदीमा पर्ने पेमासालमा बाँध बाँधी ५.८ किमी सुरुङमार्फत जुगल गापा–२ स्थित गोल्चेको तेम्वाथान फेदीमा पर्ने लाङटाङ र वलेफीको दोभानमा निर्माण हुने विद्युत् गृहमा पानी खसालिनेछ ।

त्यहाँ निर्माण गरिने सबै संरचना भूमिगत हुनेछ । आयोजनाबाट वार्षिक घण्टा २० करोड ८४ लाख २८ हजार ७६ किलोवाट विद्युत् उत्पादन हुनेछ ।

त्यसैगरी लाङटाङ र वलेफीको दोभानभन्दा १०० मिटरमाथि विद्युत् गृह निर्माण गरी ३।५ किमी सुरुङमार्फत पानी खसाली अपर ब्रह्मायणी जलविद्युत् आयोजनाको निर्माण गरिने छ ।

दुवै आयोजनावाट सन् २०२३ को जुलाईमा व्यापारिक उत्पादन गरिने लक्ष्य रहेको छ । उत्पादिन विद्युत्लाई आयोजनास्थलदेखि १६ किमी टाढा रहेको सोही गाउँपालिका–४ स्थित पाङतानमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको सब–स्टेशनमा जोडिनेछ । आयोजना सम्पन्न हुने समयसम्म पनि सब–स्टेशन निर्माणमा ढिलाइ भएमा ३४ किमी टाढा पर्ने बाह्रविसे सब–स्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनास्थलसम्म पग्ने १६ किमी प्रवेश मार्गका लागि गाउँपालिका र अन्य आयोजनासँग समन्वय गरिने बताइएको छ । आयोजनाका लागि स्वदेशी र विदेशी लगानीकर्तासँग लगानी जुटाउन छलफल भइरहेको अध्यक्ष पराजुलीले बताए ।

उक्त करिडोरमा योबाहेक कूल १५०.४ मेगावाट क्षमताका अन्य ६ वटा आयोजना मध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।