रिचार्जर एपमा १ रुपैंयामा क्रिसमस क्याप तथा ४९९ मा मोबाइल

Dec 21, 2018 Merolagani

- एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा
सबैभन्दा बढि सेवा समेटिएको मोबाइल एप रिचार्जरको नया भर्सन अपडेट भएको छ । साथै रिचार्जरको लोगो अंकित झण्डा दक्षिण अमेरिकाको अकोनकागुवा शिखरमा फहराइएको छ । यसै उपलक्ष्यमा भर्सन अपडेटसँगै क्रिमस डेको अवसर पारेर रिचार्जरले ४ वटा आकर्षक अफर सञ्चालन गर्ने भएको छ ।

अफर अन्तरगत रिचार्जरको मोबाइल एपबाट एक रुपैंयामा क्रिसमस क्याप खरिद गर्न सकिने छ । रिचार्जरका प्रयोगकर्ताले डिसेम्बर २२ तारिख शनिबारका दिन दिउँसो १ बजेदेखि आइतबार बिहान १० बजेसम्ममा यो अफर अन्तरगत क्याप अर्डर गर्नु पर्ने हुन्छ ।

त्यसै गरी ४९९ रुपैंयामा किप्याड मोबाइल खरिद गर्न रिचार्जरका प्रयोगकर्ताले डिसेम्बर २३ तारिख आइतबारका दिन दिउँसो १ बजेदेखि ४ बजेसम्ममा अर्डर गर्नु पर्ने बताइएको छ ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा अफर अन्तरगत केही ब्राण्डका सिमित मोडलका मोबाइल डिसेम्बर २४ तारिख सोमबारका दिन दिउँसो १२ बजेदेखि १ बजेसम्म १ घण्टा उपलब्ध हुने बताइएको छ ।

रिचार्जरका प्रबन्ध निर्देशक टीकाराम बुडाथोकीका अनुसार १ रुपैंयामा क्रिसमस क्याप खरिद गर्नका लागि युजरसँग १ सय ५० क्यास व्याक प्वाइन्ट जम्मा भएको हुनुपर्छ । एप स्टोर तथा गुगल प्लेबाट रिचार्जर एप डाउनलोड गरेर खाता खोल्नासाथ एक सय क्यासव्याक पाइने बुडाथोकीले बताए । यसका अलावा जति रकमको मोबाइल रिचार्ज गरिन्छ, त्यतिनै क्यास व्याक पाइने उनले जानकारी दिए ।

त्यसै गरी ४९९ रुपैंयामा मोबाइल खरिद गर्नका लागि ५०० क्यासव्याक आवश्यक पर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले बताए । मोबाइल रिचार्ज गर्दा प्राप्त हुने क्यास व्याक प्वाइन्ट नो डिस्काउण्ट प्रोडक्टमा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै रिचार्जरबाट मुलुकभरका विभिन्न रेष्टुरेण्टहरुमा बिल भुक्तान गर्दा २० प्रतिशत छुट पाइने छ । यो अफर किग्ंस लाउन्ज दरबारमार्ग, दरबार लाउन्ज दरबारमार्ग, जीप्सी पप ठमेल, एला लाउन्ज ललितपुर, दरबार लाउन्ज पोखरा, दरबार लाउन्ज बुटवल, हाईभ लाउन्ज केएल टावर, रोयल ईम्पायर बुटीक होटल बालुवाटार, होटल लोकल सिद्धार्थनगर भैरवामा लागू हुनेछ । क्लब टट्रल लाउन्ज ठमेल तथा भिक्ट्री लाउन्ज दरबारमार्गमा प्राईभेट पार्टी बाहेकका दिनमा प्रवेश निशुल्क हुनुका साथै बिलमा २० प्रतिशत छुट पाइनेछ ।

साथै एप्पल वल्र्ड मोबाइल दरबारमार्ग, सिटिसी मोबाइल हब सुनधारा, केल मोबाइल हब चाबहिल र सिटिभि मोबाइल पसल नम्बर ११३, ताम्राकार कम्प्लेक्समा मोबाइल सर्भिस गरी आफ्नो मोबाइलमा रिचार्जरको एकाउण्ट शो गर्दा ३० प्रतिशत छुट पाइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

नेपालका साथै विभिन्न मुलुकमा शाखा रहेको बराह ज्वेलरीमा सुन, चाँदी खरीद तथा गहनामा बनावटमा ३० प्रतिशत छुट पाउने छन् ।

रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र यो अफर लागू हुने छ । अफरहरु नेपाल भरी लागू हुनेछन् । क्रिसमस क्याप भने सेवाग्राहीले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट संकलन गर्नु पर्ने हुन्छ । उल्लेखित अफरहरु रिचार्जरको एपमा एक जनाका लागि एक पटक मात्र लागू हुनेछ ।

२३ वर्षीय साहासी आरोही तथा रिचार्जरका ब्राण्ड एम्बेसडर नर्बिन मगरले रिचारजरको लोगो अंकित झण्डा डिसेम्बर १८ का दिन दक्षिण अमेरिकाको ६ हजार ९ सय ६२ मिटर अग्लो अकोनकागुवा शिखरमा फहराएका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथासँगै ४ मुलुकका हिमशिखरमा मगरले रिचार्जरको लागो अंकित झण्डा फहराई सकेका छन् ।

‘एप एक सुविधा अनेक’ भन्ने नारालाई केन्द्रमा राखेको मल्टीफंसन अनलाइन सपिंग हब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन् । नेपाल बाहिर बसेका सेवाग्राहीले पनि यो एप प्रयोग गर्न सक्छन् ।

नेपालको व्यापार सेवालाई प्रविधि मैत्री बनाउने लक्ष्यका साथ सेवा सुरु गरेको रिचार्जरबाट विभिन्न किसिमका बिलहरु सहज रुपमा भुक्तान गर्न सकिन्छ । बिल तिर्दा तथा सामान खरिद गर्दा २० बढी वाणिज्य बैंकहरुको मोबाइल, इबैंकिंगका साथै इसेवा तथा भिसा र मास्टर कार्डबाट भुक्तान गर्न सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।