सिद्धार्थ बैंकको लाभांश आजसम्म कायम शेयरधनीलाई मात्र, पुस २३ गते एजिएम

Dec 23, 2018 Merolagani

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्ष २०७४/७५ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १३.१६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (पुस ८ गते आइतबार) अन्तिम दिन रहेको छ। लाभांश वितरण तथा सत्रौं वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकको शेयरमूल्य पुस ५ गते बिहीबार प्रतिकित्ता ३१४ रुपैयाँमा कारोबार भएको छ । 

बैंकले पुस २३ गते सोमबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले बैंक सञ्चालक समितिको मंसिर ६ गते बिहीबार बसेको बैठकले लगानीकर्तालाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरका साथै ८।१६ प्रतिशत नगद लाभांश वितरण गर्न अनुमति दिनेछ ।

त्यसैगरि सिद्धार्थ क्यापिटलको सहित बैंकको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संसोधन, संस्थागत सामाजिक उत्तरदायित्व वापत भएका खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव रहेको छ ।

सभाबाट अनुमोदन भएको गत आर्थिक वर्षको सञ्चित रकमबाट हालको चुक्त्ता पूँजी ८ अर्ब ४६ करोड रुपैयाँको ५ प्रतिशत बराबरको ४२ करोड ३२ लाख १९ हजार २६४ रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजन सहित ६९ करोड ०६ लाख ९३ हजार ८३८ रुपैयाँ नगद लााभांश वितरण गर्न बाटो खुला हुनेछ ।

हाल ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर पूँजीकरण पश्चात ८ अर्ब ८८ करोड ७६ लाख चार हजार ५४० रूपैयाँ चुक्त्ता पूँजी पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ४९ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।