नेपाल मेडीसिटी अस्पताल र सिभिल क्यापिटल मार्केटबीच सम्झौता

Dec 22, 2018 Merolagani

नेपाल मेडीसिटी अस्पताल र सिभिल क्यापिटल मार्केटबीच एक आपसमा आफूले प्रदान गर्ने सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा नेपाल मेडीसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल तथा सिभिल क्यापीटलका कार्यकारी सिईओ सुमन आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार क्यापिटल मार्केटमा संलग्न हुन चाहने मेडीसिटीका कर्मचारीहरुलाई सिभिल क्यापीटल मार्केटले ५० प्रतिशतसम्मको सहुलियत दिने भएको छ ।

त्यसैगरि अस्पतालको सेवामा सिभिल क्यापीटल मार्केटका कर्मचारी तथा सेवाग्राहीहरुलाई अस्पतालले उपचारमा विशेष सहुलियत प्रदान गर्नेछ । 

देशका व्यवसायिक संस्थाहरुसँग सहकार्य गरी हरेक क्षेत्र तथा भूभागका नेपालीहरुको स्वास्थ्य उपचारमा संलग्न भई स्वस्थ राष्ट्र निर्माण गर्ने उद्धेश्यले यो सम्झौता गरीएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।