नेप्सेमा उछाल आउँदा १० प्रतिशतले कमाउने यी हुन् आधा दर्जन कम्पनी

Dec 26, 2018 Merolagani

मुद्रा तथा पूँजीबजारको समस्या अध्ययन गरेर सरकारी कार्यदलले दिएको सुझाव बुधबार राष्ट्र बैंकले कार्यान्वयनको प्रकृयामा लैजाँदा बुधबार नेप्से सूचक ३० अंक बढीले उकालो लाग्दा आधा दर्जन कम्पनीका शेयरधनीले करिब १० प्रतिशतले नाफा कमाएका छन् ।

नाफा कमाउने शिर्ष १० कम्पनीमध्ये कुनै पनि वाणिज्य बैंक परेका छैनन् भने ४ बीमा कम्पनी, ३ माइक्रोफाइनान्स, व्यापार, फाइनान्स र अन्य समुहको एक/एक कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । जसमध्ये आधा दर्जन कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयरमूल्य ९.९९ प्रतिशत बढेको छ । ट्रष्टको शेयर मूल्य प्रतिकित्ता १७५ रुपैयाँ बढेर एक हजार ९२६ रुपैयाँ पुगेको छ । यस्तै विशाल बजार कम्पनीको शेयर मूल्य १६२ रुपैयाँ अर्थात ९.९७ प्रतिशतले बढेर एक हजार ७८७ रुपैयाँ पुगेको छ । प्रुडेन्सियल इन्स्सोरेन्सको शेयरमूल्य ६७ रुपैयाँले बढेर ७४२ पुगेको छ । इन्स्योरेन्सको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको हो ।

त्यसैगरि मल्टीपपर्स फाइनान्सको १४ रुपैयाँ अर्थात ९.६६ प्रतिशतले बढेर १५९ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९५ रुपैयाँ अर्थात ९.४५ प्रतिशतले बढेर एक हजार एक सय रुपैयाँमा काराेबार भएकाे छ । 

नेशनल लाइफ इन्स्योरेका शेयरधनीले ६१ रुपैयाँ अर्थात ९.१९ प्रतिशतले नाफा कमाएका छन् । नेशनल लाइफको प्रतिकित्ता शेयरमूल्य ७२५ रुपैयाँमा अन्तिम पटक काराेबार भएको छ ।

यसैगरी नयाँ नेपाल लघुवित्तको ८.३२ प्रतिशत, गुराँस लाइफ इन्स्योरेन्सको ७.९७, फर्ष्ट माइक्रोफाइनान्सको ७.७८ र उन्नति माइक्रोफाइनान्सको शेयरमूल्य पनि ७.३७ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालय गठन गरेको कार्यदलले बुझाएका अधिकांश सुझाबहरु एकैसाथ कार्यान्वयन ल्याउन निर्देशन जारी गरेकै दिन शेयर बजारमा उछाल आएको हो ।

कारोबारमा आएका सबै समूहका सूचका उकालो लाग्दा १६२ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा आधादर्जन कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ । ११ कम्पनीको शेयरमूल्य मात्र घटेको हो । बुधबारको बजारमा गुमाउने कम्पनीहरुमा गण्डकी विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको शेयरमूल्य ५.७९ प्रतिशत घटेर १९५ रुपैयाँमा झरेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।