मिसन र कञ्चन डेभलपमेन्ट बैंकको बोनसपछि शेयरमूल्य समायोजन

Dec 27, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा बिहीबार मिसन डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। दुबै बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका बोनसको बुकक्लोजसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

स्टक एक्सचेञ्जका अनुसार मिसन डेभलपमेन्ट बैंक (MIDBL) को ११ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १५६ रुपैयाँ ७६ पैसामा समायोजन भएको छ । बैंकको १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा बैंकको औसत आधारमूल्य २२२ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ । 

त्यसैगरि बिहीबार कञ्चन डेभलपमेन्ट बैंक (KADBL) को ५ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनसपश्चात प्रतिकित्ता १७१ रुपैयाँ ४३ पेसामा समायोजन भएको छ ।

नेप्सेका अनुसार बैंकको १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य १९३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ ।

दुबै बैंकको बिहीबार समायोजन भएको शेयरमूल्यलाई आधार मानेर कारोबार खुलेको छ । सनराइज बैंककाे पनि बिहीबार लाभांश वितरण गर्न बुकक्लाेज भएपनि बजारमूल्यकाे १० प्रतिशत नगद नपुगेका कारण नगद लाभांशमा बैंककाे शेयरमूल्य समायाेजन भएन ।

सम्बन्धित बैंककाे साधारण सभा, मुख्य प्रस्ताव लगायतकाे थप जानकारी तलकाे लिङ्कबाट पढ्नुहाेस्....

सनराइज बैंक सहित तीन बैंकको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

कञ्चन डेभलपेन्ट बैंकले लाभांश वितरण गर्न डाक्यो साधारण सभा

 मिसन डेभलपमेन्ट बैंकले पुस २६ गते डाक्यो साधारण सभा, मर्जर/प्राप्ती र ११ प्रतिशत बोनस मुख्य एजेण्डा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।