मंसिरमा म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिमूल्यमा संकुचन

Dec 27, 2018 Merolagani

धितोपत्रको दोस्रो बजार बढ्न नसक्दा अधिकांश सामूहिक लगानीकोषहरुको खुद सम्पत्ति घट्दा प्रतिइकाई खुद सम्पत्तिमूल्यमा गिरावट देखिएको छ। बिहीबार मंसिर महिनाको वित्तीय विवरण प्रकाशन गरेका नबिल इक्वीटी, एनआईसी एशिया ग्रोथ र सानिमा इक्वीटी फण्ड सबैको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) मा ह्रास आएको छ ।

बिहिबार प्रकाशित मासिक वित्तीय विवरण अनुसार मंसिरमा नबिल इक्वीटीको ४० पैसा, एनआईसी एशिया ग्रोथ फण्डको १९ पैसा र सानिमा इक्वीटी फण्डको १२ पैसाले एनएभि घटेको हो ।

मंसिरमा नबिल इक्वीटी फण्डको खुद सम्पत्ति एक अर्ब ३७ लाख

बजार गिरावटले मंसिर मसान्तमा नबिल इक्वीटी फण्ड (NEF) को खुद सम्पत्ति कार्तिक महिनामा तुलनामा चार करोड ९७ लाख ४१ हजार ६६४ रुपैयाँले घटेको छ । कार्तिक महिनामा एक अर्ब पाँच करोड ३४ लाख ६० हजार ६८१ रुपैयाँ खुद सम्पत्ति रहेको फण्डको मंसिरमा एक अर्ब ३७ लाख १९ हजार रुपैयाँमा सीमित भएको हो ।

एक अर्ब २५ करोड आकारमा सञ्चालति फण्डको मंसिर महिनाको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) ८ रुपैयाँ ३ पैसा छ । गत महिनाको तुलनामा फण्डको एनएभि ४० पैसाले ह्रास भएको हो । कार्तिकमा फण्डको एनएभि ८ रुपैयाँ ४३ पैसा थियो ।

यस महिना फण्डको नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५६ कम्पनीको १६ लाख ४० हजार ४ कित्ता शेयरमा ५८ करोड ९८ लाख २३ हजार १८८ रुपैयाँ लगानी रहेको छ । कार्तिकमा फण्डको सूचीकृत कम्पनीको शेयरमा ६३ करोड ६२ लाख ३५ हजार २३३ रुपैयाँ लगानी गरेको थियो ।

यस महिनासम्ममा फण्डको ८ करोड ६३ लाख ८८ हजार ८३९ रुपैयाँ सूचीकृत ऋणपत्रमा लगानी गरेको छ । त्यसैगरी फण्डले नेप्सेमा सूचीकृत नभएको शेयरमा एक करोड ७० लाख ८९ हजार ६१५ रुपैयाँ लगानी छ मुद्धती निक्षेपमा १२ करोड ५०लाख रुपैयाँ लगानी छ ।

यस अवधिसम्ममा फण्डको बैंक मौज्दातमा १८ करोड ५६ लाख १८ हजार ४२० रुपैयाँ सञ्चित छ भने ७६ लाख ५२ हजार ४४१ रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

मंसिर महिनामा फण्डको कूल आय ७ करोड ८७ लाख ६३ हजार १८५ रुपैयाँले ऋणात्मक रहेको छ । कार्तिकमा फण्डको कूल आय दुई करोड ९० लाख २१ हजार ४८७ रुपैयाँले मात्र ऋणात्मक थियो ।

एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ १० पैसा

मंसिर महिनामा एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) को प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ १० पैसा छ । कार्तिक महिनाको तुलनामा फण्डको एनएभी १९ पैसाले घटेको हो । कार्तिकमा फण्डको एनएभी १० रुपैयाँ २९ पैसा थियो ।

गत वर्षको पुस महिनाबाट सञ्चालनमा भएको फण्डको आकार ८३ करोड ५२ लाख छ । मंसिरमा फण्डको खुद सम्पत्ति ८४ करोड ३२ लाख १२ हजार रुपैयाँ छ । यो कार्तिक महिनाको तुलनामा एक करोड ६० लाख २८ हजार ६०२ रुपैयाँले संकुचित भएको हो ।

फण्डको नेप्सेमा सूचीकृत ५९ कम्पनीका १० लाख ५९ हजार ६७० कित्ता शेयरमा ४२ करोड ३५ लाख १९ हजार ६८० रुपैयाँ बराबरको लगानी छ । गत महिना फण्डको ३९ करोड २३ लाख तीन हजार ६८५ रुपैयाँ बराबरको सूचीकृत शेयरमा लगानी थियो ।

मंसिर मसान्तसममा यस फण्डले दुई करोड ९४ लाख ५८ हजार ९४७ रुपैयाँ सूचीकृत ऋणपत्रमा लगानी गरेको छ । त्यसैगरी दुई करोड ७० लाख ६२ हजार ५१६ रुपैयाँ सूचीकृत नभएको शेयरमा लगानी गरेको छ भने मुद्धती निक्षेपमा ८ करोड ३५ लाख रुपैयाँ छ ।

मंसिर मसान्तसम्ममा फण्डको कूल आय ६२ लाख ८ हजार ३५३ रुपैयाँ ऋणात्मक रहेको छ । कार्तिकमा भने फण्ड ९८ लाख २० हजार २५१ रुपैयाँ नाफामा रहेको थियो ।

सानिमा इक्वीटी फण्डको सूचीकृत शेयरमा ४२ करोड २८ लाख लगानी

मंसिर मसान्तमा सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्ड (SAEF) को सूचीकृत शेयरमा लगानी एक करोड ८३ लाख ४४ हजार १४६ रुपैयाँले बढेको छ ।

फण्डको मंसिर मसान्तमा सूचीकृत शेयरमा ४२ करोड २८ लाख ३१ हजार ९९२ रुपैयाँ लगानी रहेको छ । कार्तिकमा फण्डको यस्तो लगानी ४० करोड ४४ लाख ८७ हजार ८४६ रुपैयाँ थियो ।

मंसिर महिनामा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ २० पैसा छ । कार्तिक महिनाको तुलनामा फण्डको एनएभी १२ पैसाले खस्किएको हो । कार्तिकमा फण्डको एनएभी १० रुपैयाँ ३२ पैसा थियो ।

एक अर्ब ३० करोड रुपैयाँको आकारमा सञ्चालित फण्डको मंसिरमा खुद सम्पत्ति एक अर्ब ३२ करोड ६० लाख ३१ हजार ९४५ रुपैयाँ छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति एक करोड ६० लाख ६२ हजार २५६ रुपैयाँले घटेको हो ।

मंसिर महिनामा फण्डको ६५ लाख ७९ हजार ४०५ रुपैयाँ सार्वजनिक निष्काशन, हकप्रद तथा बोनस शेयरमा लगानी छ । यस महिनामा फण्डको मुद्धती निक्षेपमा २६ करोड रुपैयाँ छ ।

मंसिर मसान्तसम्ममा फण्को ६३ करोड ५६ लाख ३९२ रुपैयाँ बैंक मौज्दातमा बचत गरेको छ भने एक करोड ५२ लाख दुई हजार ५२२ रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

मंसिर मसान्तमा फण्डको कूल आय ६३ लाख १७ हजार ११७ रुपैयाँ रहेको छ । गत कार्तिकमा फण्डको कूल आम्दानी दुई करोड २३ लाख ७९ हजार ३७३ रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।