अनलाईन कारोबार प्रणालीबारे स्पष्ट पार्न शेयर लगानीकर्ताको माग

Dec 30, 2018 Merolagani

शेयर लगानीकर्ता दबाब समूहले अनलाईन कारोबार प्रणालीमा देखिएका अन्यौलता बारे स्पष्ट पार्न अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग माग गरेको छ । समूहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दे नेप्सेले जारी गरेको सूचनाप्रति गंभीर ध्यानाकर्षण भएको छ ।

नेप्सेले गत शुक्रबार सूचना जारी गर्दे अनलाइन कारोबार प्रणालीमा आवद्ध हुन लगानीकर्ताले चार वटा क्लियरिङ बैंकमा खोलेको खाता मात्रै अनलाईनका लागि मान्य हुने बताएको थियो ।

त्यस्तै, बैंक खाता कारोबार खातामा आबद्ध भए पनि शेयर दलाललाई अग्रिम रकम बुझाई लिमिट लिनुपर्ने र त्यसरी लिएको लिमिट शेयर दलालले जतिखेर पनि रद्ध गर्न पाउने, एउटा कारोबार खातामा एउटा मात्र हितग्राही खाता आबद्ध हुने, बैंकको धितोमा रहेको वा रोक्का रहेको शेयर अनलाईनबाट बिक्री गर्न नपाउने जानकारी गराएको थियो ।

 

अरु बैंकमा खाता खोलेर ब्रोकरको कार्यालयमा ग्राहक पहिचान विवरणमा अद्यावधिक गरिएको बैंक खाता अनलाईनमा किन आबद्ध हुन सकेन र लगानीकर्तालाई नचाहिँदो दुख दिईयो भन्ने बारेमा नेप्सेले स्पष्ट नपार्नुले अनलाईन कारोबार प्रणालीको सफल कार्यान्वयनमा आशंका गर्नुपर्ने अवस्था आएको दबाब समूहको भनाई छ ।

साथै समूहले नेप्से, शेयर दलाल, सीडीएससी, क्लियरिङ बैंकहरु र नेपाल क्लियरिङ हाउसलाई एकै ठाउँमा भेला गराई पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा फैलिएको अन्योल चिर्ने प्रयास गर्दा सम्बन्धित पक्षहरुको अनिच्छाले संभव नभएको समेत बताएको छ ।

पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनको क्रममा प्रणालीको कमजोरी वा अन्य कारणले आम लगानीकर्ताको लगानी सुरक्षामा धक्का लाग्न गएमा सम्बन्धित अधिकारीहरुलाई जिम्मेवार बनाउँन र प्रणालीको विस्वसनियता यकिन गर्न अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई आग्रह गर्दछौं । समूहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।