तेस्रो पक्षको बीमा रकम बढाउने तयारी गर्दै यातायात व्यवस्था विभाग

Dec 31, 2018 Merolagani

यातायात व्यवस्था विभागले फेरी तेस्रो पक्षको बीमा रकम बढाउने तयारी थालेको छ । यस अघि सवारी साधानहरुको बीमा रकम पुनरावलोकन गर्न बीमा कम्पनीहरुलाई प्रस्ताव माग गरे पनि उनीहरुले चासो नदेखाएपछि विभागले यस्तो बीमाको रकम बढाउन सकेको थिएन ।

विभागले झण्डै ५ महिना पछि फेरि तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम बढाउने प्रस्ताव गरेको हो । विभागले हाल कायम क्षतिपूर्ति रकमलाई दोब्बर बनाउने गरी प्रस्ताव गरेको छ ।

अहिले तेस्रो पक्षको मृत्यु भई मानवीय क्षति भएका पीडित परिवारलाई ५ लाख रुपैयाँ र घाइतेको उपचारको लागि ३ लाख रुपैयाँ व्यवस्था गरिएको छ ।

यसलाई दोब्बर बनाएर १० लाख र ६ लाख रुपैयाँ पुर्याउने प्रस्ताब पेश गर्ने तयारी भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यले जानकारी दिए ।

यस्तै स्पाइनल इञ्जुरी र हेड इञ्जुरीका घाईतेहरुको उपचारका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि तयार पारिएको छ ।

विभागले तयार पारेको प्रस्ताव पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थमन्त्रालयबाट स्वीकृत भएपछि बीमा समितिले बीमालेख तयार गर्ने विभागका सूचना अधिकारी उपाध्यले बताए । यस विषयमा बीमा समिति समेत सकारात्मक रहेकोले तेस्रो पक्षको क्षतिपूर्ति शुल्क वृद्धि हुने उनको भनाई छ ।

तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम न्यून भएको भन्दै गत साउनमा सरकारले सवारी साधनहरुको बीमा रकम सम्बन्धी पुनरावलोकन गर्न बीमा कम्पनीहरुलाई प्रस्ताव माग गरेको थियो । उनीहरुले चासो नदेखाएपछि क्षतिपूर्ति रकम वृद्धि हुन सकेको थिएन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।