लक्ष्मी बैंकको ८.५० प्रतिशत बोनस शेयर प्रस्ताव

Jan 10, 2019 Merolagani

लक्ष्मी बैंक (LBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्षमा  बैंकले एक अर्ब  १६ कराेड ६३ लाख वितरणयाेग्य नाफा कमाएको थियो ।  यहि नाफाबाट बैंकले बाेनस बाँड्न लागेकाे हाे ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

 

अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ८.५० प्रतिशत (६९ करोड ८८ लाख ४१ हजार ६९५ रुपैयाँ) बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३४.१२ प्रतिशत बढी हो । यस अवधिमा बैंककाे प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा कायम छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।