सिन्धु विकास बैंकको खुद नाफा १४० प्रतिशत बढ्यो, इपिएस दाेब्बर

Jan 31, 2019 Merolagani

सिन्धु विकास बैंक (SINDU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको पुस मसान्तको तुलनामा एक करोड ५५ लाख रुपैयाँ अर्थात १४०.४ प्रतिशले धेरै हो ।

गत वर्षको दोस्रो त्रैमासमा बैंकले एक करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा करिब २० प्रतिशतले पूँजी बढाएको बैंकको जगेडा कोष साढे ११ प्रतिशतले सुधार भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा दुई अर्ब २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ८१ करोड ७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । समीक्षा अवधिमा बैंकले ३२.९० प्रतिशत े धेरै खुद ब्याज आम्दानी गरेको छ । गत पुसमा ४ करोड ५२ लाख रहेकोमा ६ करोड एक लाख रुपैयाँ पुगेको हो ।

तीन करोड ११ लाख सञ्चालन नाफा आर्जन गरकेो बैंकले एक करोड ६ लाख खराब कर्जा वापत व्यवस्था गरेको रकम फिर्ता हुँदा नाफामा सुधार आएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा एक करोड ३४ लाख रुपैयाँ थियो ।

बैंकमा निष्कृय कर्जा अनुपात बढेर १.७२ प्रतिशत पुगेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ २९ पैसाबाट दोब्बर हुँदा १० रुपैयाँ ६३ पैसा कायम भएको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ४८ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात ११.६५ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।