डिप्रोक्स लघुवित्तको खुद नाफा ६०% बढ्दा प्रतिशेयर आम्दानीमा १९ रुपैयाँ सुधार

Feb 04, 2019 Merolagani

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) को चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा तुलनामा ६०.२४ प्रतिशतले वृद्धि हुदाँ प्रतिशेयर आम्दानी १९ रुपैयाँ २४ पैसाले सुधार आएको छ ।

गत आवको पुस मसान्तसम्ममा ११ करोड २३ लाख १० हजार खुद नाफा आर्जन गरेको लघुवित्तले खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ७६ लाख बढेर १७ करोड ९९ लाख ६१ हजार पुगेकाे छ । 

खुद नाफा वृद्धि र चुक्ता पूँजी स्थिर रहँदा गत वर्ष ३१ रुपैयाँ ९५ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ रुपैयाँ १९ पैसा पुगेको छ ।

चुक्ता पूँजी ७० करोड ३१ लाख रहेको लघुवित्तले पुस मसान्तसम्म जगेडा कोषमा ७२.८७ प्रतिशतले सुधार गर्दै ६८ करोड ४० लाख रुपैयाँ सञ्चित गरेको छ ।

लघुवित्तले ४९.३५ प्रतिशतले बढाएर २ अर्ब ९५ करोड ६२ लाख निक्षेप संकलन र कर्जा विस्तार ४३.१९ प्रतिशतले बढएर ९ अर्ब २० करोड ३५ लाख बराबरको रकम परिचालन गरेको छ । जसका लागि लघुवित्तले ५ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापटी लिएको छ ।

यस अवधिमा लघुवित्तले ७३ करोड ६८ लाख ब्याज आम्दानी गरि ३६ करोड २० लाख ब्याज खर्च गर्दा ३७ करोड ४८ लाख खुद ब्याज आम्दानी गरेको छ । गत आवको पुससम्ममा लघुवित्तले २९ करोड ३५ लाख खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको सञ्चालन नाफा २४ करोड ६ लाख रहेको छ । गत पुसमा यस्तो नाफा १४ करोड ५५ लाख रहेको थियो ।

लघुवित्तको खराब कर्जा अनुपात ०.७७ बाट बढेर ०.८९ प्रतिशत पुगेको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात ११.२३ गुणा बढी छ ।

बैकिङ्ग क्षेत्रको लामो अनुभव भएका बैंक विज्ञहरुबाट सञ्चालित भएर लघुवित्त कम्पनीमा आफुलाई अब्बल रुपमा स्थापित गर्दे आएको डिप्रोक्स लघुवितले धेरै सूचाङ्कहरूमा आशातित प्रगति गरेको छ। यद्यपी पछिल्लो समय लघुवित्तको संख्यामा आएको वृद्धिले सदस्यताको दोहोरोपना र सदस्यता परित्याग जस्ता अन्य कारणले पनि पछिल्लो समय पूराना लघुवित्तहरुले चाहेजति आकर्षक प्रगति गर्न सकेका छैनन्। 

डिप्रोक्सको प्रबद्र्धक कम्पनीमा नबिल बैंक, नेपाल बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक र गैरसरकारी संस्थाहरु विकास आयोजना सेवा केन्द्र, वातावरण, कृषि नीति अनुसन्धान,प्रसार एवं विकास केन्द्र रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।