अपि पावरले कमायो ५ करोड १० लाख खुद नाफा

Feb 11, 2019 Merolagani

अपी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १० लाख रुपैंया खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा अपिले ३ करोड १३ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

अपीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३ लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा अपीले विद्युत बिक्रीबा हुने आम्दानी ७ करोड ९४ लाख रुपैंयाबाट बढाएर १० करोड ६२ लाख रुपैंया पुर्याएको छ ।

रोयल्टी, सञ्चालन खर्च र प्रसाशनिक खर्चमा आएको बढोत्तरीले कम्पनीको खुद नाफाको बढोत्तरीमा सुस्तता देखाएको हो । १ अर्ब १३ करोड ४० लाख रुपैंया चुक्ता पूँजी रहेको अपीको जगेडा कोषमा ११ करोड २३ लाख रुपैंया सञ्चित छ ।

प्रतिशेयर आम्दानी ९ रुपैंया रहेको अपीको मूल्य आम्दानी अनुपात १६.५३ गुणाले बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।