धितोपत्र बोर्डले दियो पैंतिस करोडको आईपिओ निष्काशन अनुमति, रेटिङ्ग भने कमजोर

Feb 14, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ्गमा कमजोर मानिएको युनियन हाइड्रोपावर कम्पनी (UHCL) लाई ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४० कित्ता साधारण शेयर (आईपिओ) जारी गर्न अनुमति दिएको छ।

बोर्डले कम्पनीलाई सर्वसाधारणलाई छुट्टाएको २९ लाख १२ हजार ५५० कित्ता र स्थानीय बासिन्दाहरुलाई जारी गर्दा बिक्री नभएको ६ लाख २१ हजार ७९० कित्ता शेयर सहित कूल ३५ लाख ३४ हजार ३४० कित्ता बिक्री गर्न अनुमति दिएको हो ।

मुद्रा तथा पूँजी बजार अध्ययन कार्यदलको सुझाव अनुसार सबैभन्दा खराब रेटिङ्ग (ग्रेड ५) पाउने हाइड्रोपावर कम्पनीलाई सार्वजनिक निष्काशन गर्न बन्देज लगाउने व्यवस्था गरेको थियो । युनियन हाइड्रोपावरले यसअघि स्थानीय बासिन्दाका लागि शेयर निष्काशन गरिसकेकाले अनुमति पाएको हो ।

बोर्डले यसअघि आयोजना प्रभावित बासिन्दालाई शेयर निष्काशन गरिसकेका कम्पनीलाई भने कमजोर रेटिङ्ग पाएपनि सो व्यवस्था लागु नहुने जनाएको थियो । सो व्यवस्था अनुसार कम्पनीले आईपिओ निष्काशन अनुमति पाएको हो ।

ग्रेड ५ को व्यवस्था स्थानीयलाई शेयर बेचिसकेका कम्पनीमा लागू नहुने

युनियन हाइड्रोपावर कम्पनीको साधारण शेयरलाई इक्रा नेपालले ग्रेड पाँच रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको जनाउँछ ।

युनियन हाइड्रोपावरले यसअघि लमजुङ्गका स्थानीयका लागि साउन १४ देखि भदौ १२ गतेसम्म ७ लाख ५० हजार कित्ता आईपिओ जारी गरेको थियो । सो आईपिओ एक लाख २८ हजार २१० कित्ता मात्र माग भएकाले असोज ७ गते बाँडफाँड गरेको थियो ।

युनियन हाइड्रोपावरको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ।कम्पनीको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ७५ करोड र चुक्ता पूँजी ३८ करोड ३७ लाख ४५ हजार रुपैयाँ रहेको छ। शेयर जारी पश्चात कम्पनीमा संस्थापक-सर्वसाधारण शेयर अनुपात क्रमश: ५१.१६६ र ४८.८३४ कायम हुनेछ ।

कम्पनीले लमजुङ जिल्लाको करापुटार गाविसमा ३.३ मेगावाटको मिदिम खोला आयोजना निर्माण गरि २०७४ माघ १५ गतेदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीले २३ मेगावाट क्षमताको मेवा खोला आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र समेत पाएको छ। कम्पनीले ३.३ मेगावाटको मिदिम खोला जलविद्युत्त आयोजना सञ्चालन गरिरहेको छ भने २३ मेगावाटको मेवा खोलाको अनुमति पाएको छ ।

मिदिम खोला आयोजना आयोजनाको लागत बढेर ७९ करोड ५० लाख ७७ हजार रुपैयाँ पुगेको छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ छ

यस कम्पनीमा कार्यकारी अध्यक्ष किरण मल्लको सबैभन्दा धेरै १७ लाख ९ हजार ५०४ कित्ता र शालिकराम घिमिरेको १० लाख ४४ हजार ५०८ कित्ता शेयर स्वामित्व रहेको छ ।  

 

याे पनि पठ्नुहाेस्...............

न्यून रेटिङ गरेका कम्पनीले आईपिओ जारी गर्न नपाउने, आईपिओ र एफपीओमा पनि नयाँ नियम

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।