बोर्ड अध्यक्ष कार्कीको उदण्ड व्यवहारले ब्रोकरहरु अपमानित हुनुका साथै व्यवसायिक कृयाकलापमा प्रश्नचिन्ह उठाइएको आरोप लगाउदै उनीहरुले विहीबार धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका थिए ।
बोर्ड अध्यक्ष कार्कीले छलफलमा डाकेपछि आफुहरु धितोपत्र बोर्ड पुगेको एक ब्रोकरले मेरो लगानीलाई जानकारी दिए ।
गत मंगलबारको संघिय संसदीको अर्थ समितिको बैठकमा अध्यक्ष कार्कीले ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानभाटलाई अपमानित व्यवहार गरेको भन्दै ब्रोकरहरु बोर्ड अध्यक्ष विरुद्ध मोर्चाबन्दीमा उत्रिएका थिए ।