अध्यक्षको शब्द चिप्लिएपछि बोर्डले जारी गर्यो यस्तो विज्ञप्ति

Feb 22, 2019 merolagani

अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्षको अभिव्यक्तिलाई लिएर ब्रोकरहरूले बोर्डमा ज्ञपानपत्र बुझाएको भोलपल्ट धितोपत्र बोर्डले स्पटीकरण दिएको छ । बोर्डले शुक्रवार ब्रोकरहरूसंगको छलफल पछि एक विज्ञप्ती जारी गर्दै स्पष्टीकरण दिएको हो । विज्ञप्तिमा अर्थ समितिको बैठकमा अध्यक्षले बोलेको बिषयमा बचाउ गरिएको छ ।

बोर्डले जारी गरेको विज्ञप्तीमा अध्यक्षल सो बैठकमा ब्रोकरहरू प्रतिस्पर्धी हुनु पर्ने, व्यवसायको पहुँच विस्तार गर्नुपर्ने लगायतका धितोपत्र व्यवसाय तथा बजारको विकास तथा विस्तारका सम्बन्धमा अभिव्यक्ति दिएको दाबी गरेको छ ।

बिज्ञप्तिमा नेपाल सरकारद्धारा गठित मुद्रा तथा पूँजी बजार सम्बन्धी सुझाव समितिको प्रतिबेदन अनुसार पूँजी बजार सम्बन्धी सुझावहरू कार्यानवयन गरी पूँजी बजारको विकासमा बोर्ड अगाडि बढिरहेको दाबी गरेको छ । बजार सुधार गर्न नियमक निकाय, धितोपत्र दलाल व्यवसायि तथा अन्य सरोकारवालासंग समन्वय गरी अगाडी बढ्ज जोड दिएको छ । साथै संयमित भई बजार विकासमा अगाडि बढ्न समेत आग्रह गरेको छ ।

बोर्ड अध्यक्ष कार्कीसँग शुक्रवारको छलफलमा रहेका एक ब्रोकरका अनुसार अध्यक्ष कार्कीले आफूले नबोलेको कुरालाई सन्चार माध्यमले बंग्याएको आरोप लगाए । यद्यपि बैठकमा उपस्थित संन्चारकर्मीले कार्कीको अभिव्यक्ति रेकर्ड गरेका छन् । ती ब्राेकरका अनुसार बाहिर आए जस्ताे बाेलेकाे भए राजीनामा गर्न तयार रहेकाे अध्यक्ष  कार्कीले बताए ।

अध्यक्ष कार्कीले अर्थसमितिको बैठकमा ब्रोकरहरू प्रतिस्पर्धी हुन नसकेको, ब्रोकर लाइसेन्सको बिषयमा आफूलाई शत्रु ठान्ने गरेको, ब्रोकरहरूको अद्ययन भ्रमणलाई होच्याएको, ब्रोकरहरूले तीन हजार रूपैयामा कर्मचारी राख्ने गरेको भन्ने अभिव्यक्ति भ्रामक भएको भन्दै ब्रोकरहरूले आपत्ति जनाएका थिए ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।