Wed, May 01, 2024
नबिल बैंक (NABIL) काे फागुन ५ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले ३४ औं वार्षिक साधारण सभाका लागि फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ। यसअनुसार सोमबारसम्म कायम शेयरधनीले मात्र बोनस पाउनेछन् ।
फागुन १२ गते आइतबार बैंकको शेयरमूल्य प्रतिकित्ता ७९५ रुपैयाँमा कारोबार भएको छ । साधारण सभाको बुकक्लोज सम्बन्धी जानकारी बुकक्लोज हुने दिनभन्दा ७ दिनअघि नै जानकारी गराउनुपर्ने नगराउँदा बैंकलाई नेप्सेले स्पष्टिकरण सोधेको थियो। नबिल बैंकले फागुन २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे ३४ औं वार्षिक साधारण सभा डाकेको छ।बैंकले निकै ढिलो गरि गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेको हो । यसअघिका वर्षहरुमा बैंकले पहिलो त्रैमासमा नै साधारण सभा सम्पन्न गर्दै आएकोमा गत आवको साधारण सभा भने तेस्रो त्रैमासमा धकेलिएको हो। सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभाका लागि बैंकले फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यस्तै संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको १० प्रतिशत ( ८० लाख ३७ हजार २९ कित्ता) शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि अनुमोदन गर्दैछ । बैंकले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको जनाएको छ । यस्तै अन्य एजेण्डाहरुको बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नाफा नोक्सानी हिसाब सहित बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका रहेका छन् । सम्बन्धित अन्य समाचारहरू:- नबिल बैंक नेप्सेको कारबाहीमा, सोध्यो २४ घण्टे स्पष्टिकरण नबिल बैंकको कति कित्ता संस्थापक शेयर हुँदैछ साधारणमा रुपान्तरण ? नबिल बैंकले बल्ल डाक्यो एजिएम, १०% संस्थापक शेयर साधारणमा परिवर्तन गर्दै
फागुन १२ गते आइतबार बैंकको शेयरमूल्य प्रतिकित्ता ७९५ रुपैयाँमा कारोबार भएको छ ।
साधारण सभाको बुकक्लोज सम्बन्धी जानकारी बुकक्लोज हुने दिनभन्दा ७ दिनअघि नै जानकारी गराउनुपर्ने नगराउँदा बैंकलाई नेप्सेले स्पष्टिकरण सोधेको थियो।
नबिल बैंकले फागुन २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे ३४ औं वार्षिक साधारण सभा डाकेको छ।बैंकले निकै ढिलो गरि गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेको हो । यसअघिका वर्षहरुमा बैंकले पहिलो त्रैमासमा नै साधारण सभा सम्पन्न गर्दै आएकोमा गत आवको साधारण सभा भने तेस्रो त्रैमासमा धकेलिएको हो।
सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभाका लागि बैंकले फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
यस्तै संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको १० प्रतिशत ( ८० लाख ३७ हजार २९ कित्ता) शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि अनुमोदन गर्दैछ । बैंकले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको जनाएको छ ।
यस्तै अन्य एजेण्डाहरुको बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नाफा नोक्सानी हिसाब सहित बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका रहेका छन् ।
सम्बन्धित अन्य समाचारहरू:-
आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।