महुली सामुदायिक लघुवित्तको लिलामी शेयर सकार्ने सोमबार अन्तिम म्याद

Feb 25, 2019 Merolagani

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था (MSLB)  को हकप्रदमा अवितरित ९ हजार ४ सय ५३ कित्ता साधारण शेयर लिलामी मार्फत किन्ने फागुन १३ गते सोमबार अन्तिम दिन रहेको छ ।कम्पनीले फागुन २ गते बिहीबारदेखि बोलपत्र आवेदन खुला गरेको थियो।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकका शाखा कार्यालहरु विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेत र महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजारबाट पनि आवेदन दिन सक्नेछन् ।

महुलीको शेयर धितोपत्रको दोस्रो बजारमा फागुन १२ गते आइतबार प्रतिकित्ता एक हजार ३७० रुपैयाँमा कारोबार भएको छ ।

लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि लिलामीमा ल्याइएको सबै कित्तासम्म र न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीमा दिउँसो ३ बजेसम्म मात्र आवेदन गर्न पाइनेछ ।

लघुवित्त कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत बराबरको ३ लाख कित्ता हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महुली सामुदायिक लघुवित्तले २ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ३५ पैसा कायमा गरेको छ।

यस अवधिमा लघुवित्तले चुक्ता पूँजी ७ करोड २० लाख र जगेडा कोषमा १६ करोड २४ लाख रुपैयाँ सञ्चित गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.७४ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ४६.५० गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।