हाथवे फाइनान्सलाई कुन वाणिज्य बैंकले गर्ने भयो एक्वायर ? सम्झौता सम्पन्न

Mar 15, 2019 Merolagani

हाथवे फाइनान्स (HATH) लाई एउटा वाणिज्य बैंकले आफुमा विलय गर्ने भएको छ । समस्याग्रस्त अरुण फाइनान्सलाई सुधारेर हाथवे समुहले नयाँ नाम दिएको फाइनान्सलाई धेरै मर्जरमा गएको वाणिज्य बैंकले आफुमा विलय गर्ने भएको हो ।

मेरोलगानीलाई प्राप्त जानकारी अनुसार हाथवे फाइनान्सलाई ग्लोबल आईएमई बैंक (GBIME) ले विलय गर्ने भएको हो ।

बिहीबार साँझ ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सले विलयसम्बन्धि सम्झौतामा हस्ताक्षर समेत गरिसकेका छन् ।

ग्लोबल आईएमई बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका सञ्चालक एवं मर्जर समितिका संयोजक नवराज नेपालले विलय सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

शेयर आदान प्रदान अनुपातका सम्बन्धमा डीडीए प्रतिवेदन अनुसार अघि बढ्ने सम्झौता भएको बताइएको छ ।

ग्लोबल आईएमई बैंकको पूँजी १० अर्ब ३१ करोड रुपैंया छ भने हाथवे फाइनान्सको पूँजी ३० करोड रुपैंया छ । नेपाल राष्ट्र बैंकले तत्कालिन अवस्थामा समस्याग्रस्त घोषणा गरेको अरुण फाइनान्सको व्यवस्थापन हाथवे समुहले लिएर सुधार गर्दै हाथवे फाइनान्स नामाकरण गरेको थियो ।

दुवै संस्थाले राष्ट्र बैंकको मर्जर नीतिलाई सघाउँदै संस्थालाई अझै सबल बनाउन विलय सम्झौता गरिएको बताएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।