अठार वाणिज्य बैंकको ब्रोकर लाइसेन्स प्रकृया कहाँ पुग्यो ?

Apr 17, 2019 Sudha Devkota

- सुधा देवकोटा।
धितोपत्र बोर्डले पूँजी बजारलाई देशभरी विस्तार गर्ने भन्दै वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निणर्य गर्यो। सोहि बमोजिम बैंकहरुले सहायक कम्पनी मार्फत ब्रोकेज सेवा दिने व्यवस्था गरियो। सो पश्चात केही बैंकहरुले आफ्नो तर्फबाट ब्रोकरेज सेवाको काम अगाडि बढाएका छन् ।

यसका लागि १८ बैंकले प्रकृया अगाडि बढाएका छन्  १८ मध्ये ११ वटा बैंकहरु एनआईसी एशिया, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट, मेगा, लक्ष्मी, बैंक अफ काठमाण्डू, सानिमा, सनराइज, जनता, माछापुच्छ्रे, नेपाल बङ्गलादेश बैंकले सहायक कम्पनी स्थापना गरी ब्रोकेज सेवा दिने विषयलाई वार्षिक साधारण सभाबाट पारित गरिसकेका छन्।

दुई बैंकहरु कुमारी र सेञ्चुरीको साधारण सभाबाट पारित हुन बाँकी छ। बाँकी ५ वटा बैंकले सहायक कम्पनी स्थापना गरी ब्रोकेज सेवा दिने विषयलाई साधारण सभाबाट पारित गराएका छैनन्।साधारण सभाबाट पारित नगराएका बैंकहरुले सहायक कम्पनी खोली ब्रोक्रेज सेवा दिने प्रस्ताव अनिवार्यरुपमा साधारण सभा वा विशेष साधारण सभाबाट पारित गर्नुपर्ने हुन्छ।

साधारण सभाबाट सहायक कम्पनी मार्फत ब्रोकेज सेवा दिने सेवा दिने प्रस्ताव पारित गराउन बाँकी भएपनि सिद्धार्थ, हिमालयन र ग्लोबल आईएमई बैंकले भने राष्ट्र बैंकबाट स्वीकृती पाइसकेका छन् भने नबिल र कृषि विकास बैंकले स्वीकृति पाउन बाँकी छ। 

वित्तीय बजारमा आक्रामक शैलीमा अघि बढि रहेको एनआईसी एशिया बैंकले ब्रोकरेजको कामलाई अगाडि बढाउने शिर्ष स्थानमा रहेको छ।

एनआईसी एशियाले ब्रोकरेज सेवा प्रदान गर्नकै लागि सहायक कम्पनी समेत स्थापना गरिसकेको छ ।

राष्ट्र बैंकले ब्रोकेज सेवा सञ्चालनका लागि अनुमति दिएपछि एनआईसी एशियाले धितोपत्र दलाल व्यवसाय गर्ने उद्देश्य सहित चैत ३ गते नयाँ कम्पनी दर्ता गराएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार सहायक कम्पनीको नाम एनआईसी एशिया सेक्यूरेटिज लिमिटेड रहेको छ ।

अब एनआईसी एशिया सेक्युरिटिजले ब्रोकरेज सेवा सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज जानु पर्ने हुन्छ। नेप्सेले तोक्ने मापदण्ड अनुसारको पुर्वाधार तयार गरी नेप्सेलाई जानकारी गराउनु पर्ने हुन्छ । त्यस पश्चात स्थलगत रुपमा कार्यालयको निरीक्षण गरी नेप्सेले सोको विबरण धितोपत्र बोर्डलाई बुझाउनु पर्ने हुन्छ। उल्लेखित प्रकृया सकिए पछि बोर्डले एनआईसी एशिया सेक्युरिटिजलाई सेवा सञ्चालनको अनुमति दिनेछ ।

सबै वाणिज्य बैंकको हकमा माथि उल्लेखित प्रकृया नै लागू हुनेछ। तर अहिलेसम्म एनआईसी एशिया सहित १० वाणिज्य बैंकले मात्र साधारण सभाबाट ब्रोकरेज सेवा सञ्चालनका लागि सहायक कम्पनी सञ्चालन गर्ने प्रस्ताव पारित गराएका छन् ।

एनआईसी एशिया सहित १८ वाणिज्य बैंकको प्रकृया कहाँ पुग्यो ? तालिकामा हेर्नुहोस् ।

                           ब्रोकरेज सेवा दिने क्रममा रहेका वाणिज्य बैंकहरु
क्र सं.वाणिज्य बैंककैफियत
एनआईसी एशिया बैंक कम्पनी दर्ता पश्चात नेप्से जान बाँकी
नेपाल इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकबाट स्वीकृत
मेगा बैंक राष्ट्र बैंकबाट स्वीकृत
लक्ष्मी बैंक राष्ट्र बैंकबाट स्वीकृत
बैंक अफ काठमाण्डू राष्ट्र बैंकबाट स्वीकृत
सानिमा बैंक राष्ट्र बैंकबाट स्वीकृत
सनराईज बैंक राष्ट्र बैंकबाट स्वीकृत
जनता बैंक राष्ट्र बैंकबाट स्वीकृत
माछापुच्छ्रे बैंक राष्ट्र बैंकबाट स्वीकृत
१० नेपाल बङ्गलादेश बैंक राष्ट्र बैंकबाट स्वीकृत
११ सिटिजन्स बैंक राष्ट्र बैंकबाट स्वीकृत
१२ ग्लोबल आइएमई बैंक राष्ट्र बैंकबाट स्वीकृत
 १३  हिमालयन बैंक राष्ट्र बैंकबाट स्वीकृत
 १४  सिद्धार्थ बैंक राष्ट्र बैंकबाट स्वीकृत
 १५  नबिल बैंक राष्ट्र बैंकमा आवेदन दिएको
 १६  कृषि विकास बैंक राष्ट्र बैंकमा आवेदन दिएको
 १७  सेञ्चुरी बैंक साधारण सभा हुन बाँकी
 १८  कुमारी बैंक साधारण सभा हुन बाँकी
स्रोतः नेपाल राष्ट्र बैंक

माथि उल्लेखित प्रकृया अन्तरगत सबै बैंकको सहायक कम्पनी स्थापना पश्चात नेप्सेले स्थलगत अध्ययन गरी धितोपत्र बोर्डलाई बुझाउँछ । बोर्डले नेप्सेको प्रतिवेदनका आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकरेज सेवा सञ्चालनका लागि अनुमति दिने व्यवस्था छ ।

यसरी ब्राकेरज सेवा सञ्चालनका लागि कम्पनी स्थापना गर्दा सम्बन्धित वाणिज्य बैंकको कम्तीमा ५१ प्रतिशत स्वामित्व रहनु पर्ने व्यवस्था गरिएको छ । त्यसरी स्थापना भएका ब्रोकरेज सेवा दिने कम्पनीले आफ्नो मातृ कम्पनी अर्थात माउ बैंकको शेयर कारोवार गर्न पाउने छैनन् ।

नेपाल स्टकले उल्लेखित प्रकृया अनुसार ब्रोकेज सेवा सञ्चालनका लागि कुनै पनि बैंकका सहायक कम्पनीहरु नआएको बताएको छ । कुनै पनि बैंकका सहायक कम्पनीहरु प्रकृया पुरा गरेर अनुमति माग गर्न आएको खण्डमा स्थलगत अवलोकन गरी तत्काल त्यसको प्रतिवेदन धितोपत्र बोर्डलाई बुझउने नेप्सेको भनाई छ ।

उता बैंकका सहायक कम्पनीहरुले ब्रोकरेज सेवा सञ्चालनका लागि अनुमतिको प्रकृया लामो र झण्झटिलो भएको महसुस गरिरहेका छन् । जसका कारण एक कदम अघि बढिसकेको एनआईसी एशिया ब्रोकरेजले नै सेवा सुरु गर्न लामो समय पर्खिनु पर्ने देखिन्छ । कम्पनी दर्ता नगराएका वाणिज्य बैंकको हकमा झनै धेरै समय लाग्ने निश्चित छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।