धितोपत्र बोर्डले नेप्सेलाई सोध्यो - ३२ शेयर दलालले शाखा सञ्चालन गर्न सक्छन् ?

Mar 27, 2019 Merolagani

धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई ३२ वटा शेयर दलाल कम्पनीको शाखा कार्यालय स्थापना गर्न सम्भावित क्षेत्रको अध्ययन गर्न निर्देशन दिएको छ । ब्रोकर कम्पनीहरुले शाखा कार्यालय खोल्न दिएको आवेदन अनुसार पुर्वाधार, संरचनाका साथै विविध पक्ष पुरा गर्न सक्ने नसक्ने विषयको अध्ययन गरी बोर्डलाई जानकारी गराउन भनेको हो ।

बोर्डले पत्र मार्फत नेप्सेलाई भनेको छ, '३२ वटा धितोपत्र दलाल व्यवसायीले देशका विभिन्न स्थानमा शाखा कार्यालय खोल्नका लागि यस बोर्डमा निवेदन दिएकोमा दलाल व्यवसायीको क्षमता, पुर्वाधार तथा शाखा कार्यालय रहने स्थानहरुको आर्थिक अवस्थाका साथै तहाँको कारोबार प्रणाली र सुपरिवेक्षकीय क्षमतालाई समेत मध्यनजर गरी संलग्न धितोपत्र दलाल व्यवसायीको शाखा खोल्ने सम्बन्धमा यस बोर्डमा सिफरिस गर्न निर्णयानुसार अनुरोध छ ।'

बोर्डले शाखा खोल्नका लागि आवेदन दिएका ३२ दलाल व्यवसायीको सूची समेत पठाउँदै नेप्सेलाई यस्तो आग्रह गरेको हो । अब नेप्सेले हालको मापदण्ड अनुसार बोर्डले उपलब्ध गराएको सूचीमा रहेका दलाल व्यवसायीले काम गर्ने मोडालिटीको अध्ययन गरी बोर्डलाई जानकारी गराए पछि मात्र शेयर दलालहरुलाई शाखा बिस्तारको अनुमति दिइनेछ ।

उता स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले अहिलेकै मापदण्ड अनुसार कुनै पनि शेयर दलालहरुले शाखा बिस्तार नगर्ने प्रष्ट पारेका छन् । यस अघिदेखि नै शाखा सञ्चालनको मापदण्ड परिमार्जनको माग गर्दै आएका शेयर दलालहरुले पूर्वाधार सम्बन्धी व्यवस्था संसोधन नभएसम्म शाखा विस्तार गर्न नसकिने अडान अघि सारेका हुन् ।

मेरोलगानीसँग कुरा गर्दै रानाभाटले भने, 'हामीले तत्कालिन अवस्थामा कार्यान्वायनमा ल्याइएको मापदण्डका आधारमा देशव्यापी रुपमा सेवा बिस्तार गर्न सक्दैनौं । शाखा सञ्चालन गर्ने स्थानको आर्थिक कृयाकलाप, सम्भावित कारोबारको आँकडा लगायतका आधारमा शाखा कार्यालय सञ्चालनको मापदण्ड परिमार्जन हुनै पर्छ । नत्र अहिलेकै व्यवस्थाले कसैले काँही पनि शाखा सञ्चालन गर्न सक्दैनन् ।'

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।