बैंकले स्वीकृत गरेको ऋण झिक्न जब घुस मागियो...

Apr 18, 2019 Merolagani

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नवलपरासीका कनिष्ट सहायक अख्तियारको फन्दामा परेका छन् । दश हजार घुस रकमसहित पक्राउ परेका अन्चल सुनार बिरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

राष्ट्रसेवक कर्जाबापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकाल्न नमिल्ने गरी सुनारले रोक्का राखेको र रोक्का खुलाई दिन घुस मागेको अख्तियारद्धारा अदालतमा पेश गरेको आरोप पत्रमा उल्लेख छ ।

रोक्का खाता खोल्ने प्रयोजनको लागि सेवाग्राहीसँग सुनारले घुस रकम मागेको गुनासो पछि उनी बिरुद्ध आयोगको बुटवल कार्यालयले स्टीङ अप्रेशन चलाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । कनिष्ट सहायक अन्चल सुनार घुस रकमसहित पक्राउ परेका थिए ।

उनी माथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि हुन आएको भन्दै अख्तियारले बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को (क) बमोजिम सजाय मागदाबीसहितको आरोप पत्र विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।