कुमारी बैंकको शेयरमूल्य समायोजन

Apr 21, 2019 Merolagani

कुमारी बैंक (KBL) को आइतबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनस वितरणका लागि बुकक्लोजसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेका अनुसार २१.२५ प्रतिशत बोनस समायोजन पश्चात बैंकको प्रतिकित्ता २२१ रुपैयाँ ८६ पैसामा शेयरमूल्य समायोजन भएको हो । यसै मूल्यलाई आधार मानेर बैंकको आइतबार शेयर कारोबार सुचारु हुनेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधारमूल्य २६२ रुपैयाँ ९३ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ।

कुमारी बैंकले बैशाख २६ गते बिहीबार एकैदिन दुई आर्थिक वर्षको गरि सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभाका लागि बैशाख ६ गते शुक्रबार बुकक्लोज गरेको हो ।

सभाले प्रस्तावित २१.२५ प्रतिशत बोनस वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसैगरि यसैगरि बैंकको आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गनै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २र२ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।

एक अर्ब ५२ करोड २१ लाख ७८ हजार १३९ रूपैयाँ बोनस वितरण पश्चात बैंकको चुक्त्ता पूँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।