सूर्या लाईफको बोनस पश्चात शेयरमूल्य समायोजन

Jun 11, 2019 Merolagani

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी (SLICL) को मंगलबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस पश्चात मूल्य समायोजन भएको हो।

नेप्सेले बोनस पश्चात सूर्या लाईफ इन्स्योरेन्सको समायोजित शेयरमूल्य प्रतिकित्ता ५०० रुपैयाँ निर्धारण गरेको छ। कम्पनीको नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य ६१३ रुपैयाँ ६१ पैसा कायम भएको छ।

धितोपत्रको दोस्रो बजारमा जेठ २७ गते सोमबार कम्पनीको शेयर प्रतिकित्ता ५६० रुपैयाँमा कारोबार बन्द भएको थियो।

कम्पनी सञ्चालक समितिको बैठकले असार ११ गते आह्वान गरेको एघारौं वार्षिक साधारण सभा तथा वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ देखि असार ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय अनुसार मंगलबार बुकक्लोज गरेको हो।

यसअनुसार जेठ २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र गत आवको लाभांश र कम्पनीको साधारण सभामा सहभागि हुन पाउनेछन्।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले ७० प्रतिशत हकप्रद जारी गर्दैछ । धितोपत्र बोर्डबाट उक्त हकप्रद निष्काशनको अनुमति पाइसकेको छ यद्यपी हकप्रद बिक्रीका बुकक्लोज मिति भने तोकेको छैन।

७० प्रतिशत हकप्रदपछि सूर्या लाईफको चुक्ता पूँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँको उचाईमा पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।